स्याङ्जाको चापाकोटको प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी
स्याङ्जा : चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा देवबहादुर खाँण (ईश्वर) र उपप्रमुखमा इशा राना बिजयी भएकी हुन्।
खाँणले ७ हजार ४९० मत पाएका छन् भने उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार राजु कोइरालाले ६ हजार ५५५ मत पाए।
उपप्रमुखमा रानाले ७ हजार ४१३ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेकपा एमालेका सृष्टि मल्लले ६ हजार ३७६ मत पाइन्। खाँणले ९ सय ३५ र रानाले एक हजार ३७ मतले पछि पार्दे प्रमुख र उपप्रमुखमा निर्वाचित भएका हुन्।
नगरका १० वटामध्ये ३, ४, ५, ६ र ८ गरी पाँच वटामा नेपाली कांग्रेस र १, २, ७, ९ र १० गरी पाँच वटा नेकपा एमालेका वडा अध्यक्षका उम्मेदवारहरु विजयी भएका छन्।
नगरपालिकाको १ मा एमालेका भुपराज वस्ती, २ मा एमालेका टिकाराम श्रेष्ठ, ३ मा कांग्रेसका जुतबहादुर राना, ४ मा कांग्रेसका अर्जुनबहादुर खाँण, ५ मा कांग्रेसका वल बहादुर श्रेष्ठ, ६ मा कांग्रेसका तारादेवी पोखरेल, ७ मा एमालेका मोहन केसी, ८ मा कांग्रेसका टोपलाल न्यौपाने, ९ मा एमालेका कृष्ण सुवेदी, १० मा एमालेका रामु कोइराला निर्वाचित भए।
२०७४ को स्थानीय तह निर्वाचनमा पनि चापाकोट नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार शिव गिरी र विमला श्रेष्ठ विजयी भएका थिए। चापाकोट नगरपालिकामा २१ हजार ५४६ जना मतदाता रहेकोमा १४ हजार ८५०६ जनाले मतदान गरेका थिए।