अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी

अर्घाखाँचीको सन्धिखर्कमा एमाले विजयी

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमाले विजयी भएको छ।

नगर प्रमुखमा नेकपा एमालेका कृष्णप्रसाद श्रेष्ठले ११ हजार ३९६ मतका साथ विजयी हासिल गरेका हुन्।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार शान्ता भण्डारीले ९ हजार ५३५ मत प्राप्त गरेकी छन् । उनलाई १ हजार ८ सय एक मतले पछि पार्दै श्रेष्ठले मेयर जितेका हुन्।

२०७४ को स्थानीय निर्वाचनमा पनि श्रेष्ठ एमालेको तर्फबाट उम्मेद्वार थिए। त्यसबेला उनी नेपाली कांग्रेसका कमलप्रसाद भुसालसँग १ हजार १०३ मतले पराजित भएका थिए।

श्रेष्ठले लामो अवधि उद्योग बाणिज्य संघ, अर्घाखाँचीको अध्यक्ष रहँदै उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्यसमेत भएर काम गरेका छन्।

उपप्रमुखतर्फ एमालेकै मिश्रा आचार्य विजयी भएकी छन्। आचार्यले ९ हजार ६४६ मत ल्याइन्। गठबन्धनबाट उम्मेद्वार बनेका माओवादी केन्द्रका राजेन्द्र भुसालले ९ हजार १६८ मत पाए।

सन्धिखर्कमा वडा नम्बर १, ३, ४, ५, ८, ११ र १२ मा कांग्रेसले अध्यक्ष जितेको छ। २, ६, ७ र ९ वडामा एमालेले जित हासिल गरेको छ। १० नम्बर वडामा माओवादी केन्द्रले जित हासिल गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.