ठाकुरबाबा नगरको प्रमुखमा कांग्रेसका तिलक र उपप्रमुखमा एमालेकी विना विजयी

ठाकुरबाबा नगरको प्रमुखमा कांग्रेसका तिलक र उपप्रमुखमा एमालेकी विना विजयी

गुलरिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका तिलकराम लम्साल र उपप्रमुखमा नेकपा एमालेकी विना भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी प्रमुखमा माओवादी केन्द्रका नेत्रराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसकी मञ्जुकुमारी चौधरीलाई पराजितगर्दै प्रमुख उपप्रमुख कांग्रेस र एमालेबाट निर्वाचित भएका हुन्।

लम्सालले ९ हजार ४२ मत प्राप्त गरे। माओवादीका आचार्यले ६ हजार ८१८ मत प्राप्त गरेका छन्। उपप्रमुख पदकी विजेता एमालेकी भट्टराईले ८ हजार १७६ मत प्राप्त गरी कांग्रेसकी चौधरीलाई ७ हजार ६७४ मतमै समेटिन्। एमालेका प्रमुख घन नारायण श्रेष्ठ ६ हजार ५८१ र माओवादीकी उपप्रमुख ६ हजार १६९ मतमा समेटिएका छन्।

ठाकुरबाबा नगरपालिकामा ९ वटा वडाहरु छन्। जसमध्ये ५ वटा वडामा कांग्रेस ३ वटा वडा माओवादी केन्द्र र एउटा वडा नेकपा एमालेले जितेको छ। 

नेपाली कांग्रेसबाट वडा नम्वर २ को वडा अध्यक्षमा कमलप्रसाद चपाइँ, ४ मा सूर्य बहादुर विष्ट, ६ मा जयप्रसाद पौड्याल, ७ मा लम बहादुर विष्ट र वडा नम्वर ८ मा टेकबहादुर वडुवाल सिजापति विजयी भएका छन्।

माओवादी केन्द्रबाट वडा नम्वर १ मा निमराज खनाल, ५ मा शम्भु प्रसाद थारु र ९ नम्वर वडाको वडा अध्यक्षमा राधा चौधरी विजयी भएकी छिन्। नेकपा एमालेबाट वडा नम्वर ३ को अध्यक्षमा श्रीकृष्ण थारु विजयी भएको निर्वाचन अधिकृतको कार्यालय ठाकुरबाबाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.