तनहुँको शुक्लागण्डकीमा कांग्रेस-माओवादी गठबन्धन विजयी

तनहुँको शुक्लागण्डकीमा कांग्रेस-माओवादी गठबन्धन विजयी

दुलेगौँडा : तनहुँको शुक्लागण्डकी नगरपालिकामा प्रमुख र उपप्रमुख गठबन्धनले जितेको छ। बुधबार साँझ सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रमुखमा नेपाली कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर विक विजयी भएका हुन्। प्रमुखमा विजयी पण्डितले दुई हजार ४२३ मत को फराकिलो अन्तरले जितेका हुन्। पण्डितले १२ हजार २६३ मत प्राप्त गरी जीत हाँसिल गर्दा निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका मुक्तिनाथ तिम्सिनाले ९ हजार ८४० मत पाएका थिए।

त्यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै माओवादी केन्द्रका खुमबहादुर विकले ३०५ को मतान्तरले विजयी भएका हुन्। उपप्रमुखमा विजयी वि.कले १० हजार २६२ मत प्राप्त गर्दा एमालेकी फूलमाया वाग्लेले  ९ हजार ९५७ मत पाएकी थिइन्। गत शनिबारबाट सुरु भएको मतगणना पाँचदिनमा आज सकिएको हो।

१२ वटा वडा रहेको शुक्लागण्डकीमा कांग्रेस वडा नम्बर १, २, ३, ४ र ७ मा विजयी भएको छ भने एमालेले ५, ६, ८, ९, ११ र १२ नं वडा जितेको छ।

त्यस्तै नेकपा एमालेले वडा नं १२ मा जीत हाँसिल गरेको छ। २०७४ सालको निर्वाचनमा कांग्रेसले मेयरसहित ३ वटा वडा, एमालेले उपमेयर सहित ७ वडा र माओवादीले दुई वटा वडामा जीत हाँसिल गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.