अघिल्लो चुनावमा उपाध्यक्ष हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

अघिल्लो चुनावमा उपाध्यक्ष हारेका बस्नेत गाउँपालिका अध्यक्षमा विजयी

भोजपुर : भोजपुरको टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा सत्तागठबन्धन दल नेपाली कांग्रेसका सरोज बस्नेत विजयी भएका छन्। उनले ३ हजार ९ सय ८० मत ल्याउँदै उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका ध्रुवराज राईलाई हराएका हुन्। राईले कुल ३ हजार २ सय ८८ मत प्राप्त गरे।

२०७४ सालको स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा हारेका बस्नेत योपटक गठबन्धनबाट निर्वाचित भएका हुन्। बस्नेतले राईलाई ६९२ मतलेपछि पार्दै निर्वाचित भएका हुन्। यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी रमादेवी राई निर्वाचित भएकी छन्। 

उपाध्यक्षमा विजयी राईले कुल ३ हजार ३ सय ८८ मत प्राप्त गर्दा निकटत्तम प्रतिद्वन्दी गठबन्धन दल नेकपा एकीकृत समाजवादीकी उम्मेदवार इन्द्रावती राईले ३ हजार २ सय ९८ मत पाइन्। उपाध्यक्षमा निर्वाचित राई यसअघि जिल्ला समन्वय समिति भोजपुरकी सदस्य समेत हुन्। टेम्केमैयुङ गाउँपालिकाका ९ वटा वडाहरूमध्ये नेकपा एमाले ५ वडा, नेपाली कांग्रेस २ वडा, नेकपा माओवादी केन्द्र १ र जनता समाजवादी पार्टी नेपालले १ वडामा जित हासिल गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.