मटिहानीको मेयरमा हरीको अग्रता

मटिहानीको मेयरमा हरीको अग्रता

मटिहानी : धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)नेपालका तर्फबाट मेयर पदका उम्मेदवार रहेका हरीप्रसाद मण्डलले अग्रता कायम गरेको छ। जारी मतगणना अनुसार लोसपा तर्फबाट उम्मेदवार रहेका मण्डलले ८ सय ८९ मतले अहिले लिड गरिरहेको निर्वाचन अधिकृत कुलबहादुर फडेराले बताए।

मण्डलले कूल २ हजार ८९२ मत ल्याएर अग्रस्थानमा रहेका छन्। जनता समाजवादी पार्टी(जसपा) नेपालका मोहम्मद मुजिबुल राईनले उनलाई २ हजार ३ मत ल्याएर पछ्याइरहेका छन्।

नेकपा एमालेका हेमचन्द्र यादवले १ हजार ६ सय ९ मत ल्याएका छन्। त्यसैगरी नेकपा माओवादी केन्द्रका कमलेश मण्डल १ हजार २६ मत ल्याएका छन्।

फराकिलो मतान्तरका साथ मेयर पदका उम्मेदवार मण्डल अग्रस्थानमा रहेका छन्। उनी मटिहानी नगरपालिकाको निवर्तमान मेयर समेत छन्। ९ मध्ये ७ वडाको मतगणना भइसकेको छ। ८ नम्बर वडाको मतगणना जारी छ। आजै राती ९ नम्बर वडाको पनि नतिजा ल्याउने गरि दु्रतगतिमा मतगणना भइरहेको छ।

वडा नम्बर ८ र ९ मा मेयर पदका उम्मेदवार मण्डलको मतदाता माझ बर्चस्व रहेको छ।  मेयरमा फेरि मण्डल जितको नजिक पुगेको छ। 

यसैबीच मटिहानी नगरपालिकाको वडा नम्बर ७ मा लोसपा नेपालका जित नारायण माझी ९८९ मत ल्याएर बिजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा माओवादी मण्डलले ३३७ मत लगाएका छन्। उनी २०७४ मा उनी माओवादी केन्द्रबाटै स्थानीय तहको चुनावमा मेयर पदमा प्रतिस्पर्धामा समेत पराजित भएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.