सप्तरीको महादेवा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष जित्दै लोसपाले खाता खोल्यो

सप्तरीको महादेवा गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष जित्दै लोसपाले खाता खोल्यो

राजविराज : सप्तरीको महादेवा गाउँपालिकाबाट लोसपाले पहिलो जित हासिल गर्दै खाता खोलेको छ।

महादेवा गाउँपालिकाका निवर्तमान अध्यक्ष दिपककुमार यादवलाई दोहोरो मत अन्तरले पराजित गर्दै लोसपाका सुनिलकुमार मण्डल अध्यक्षमा निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

निर्वाचित मण्डलले ४ हजार ५७० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका यादवले २ हजार २०५ मतमात्र ल्याएका छन्। यसअघि २०७४ को स्थानीय तहको निर्वाचनमा संघीय समाजवादी फोरमबाट चुनाव लडेका यादवले ३ हजार ९१ मत ल्याई अध्यक्षमा निर्वाचित भएका थिए। यसपटक अध्यक्षमा निर्वाचित मण्डल २०७४ मा यिनै यादवबाट पराजित हुँदा २ हजार ९१९ मत ल्याएका थिए।

यसैगरी गत निर्वाचनमा निकटतम प्रतिद्वन्द्वी रहेकी लोसपाकी अर्चनाकुमारी यादव यसपालि ३ हजार ८६७ मत ल्याएर उपाध्यक्ष निर्वाचित भएकी छन्।  प्रतिद्वन्द्वी कांग्रेसकी सुष्माकुमारी मण्डलले २ हजार २५३ मत ल्याएकी छन्। स्थानीय तह २०७४ को निर्वाचनमा उपाध्यक्ष यादवले २ हजार ५१२ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहेकी थिइन्। लोसपाबाट यसपटक निर्वाचित अध्यक्ष मण्डल र उपाध्यक्ष यादव गत निर्वाचनमा राजपाबाट उम्मेदवार बनेका थिए।

गाउँपालिकाका निवर्तमान अध्यक्ष दिपककुमार यादवलाई टिकट नदिई जसपाले शिवनन्दन यादवलाई उम्मेदवारी दिएपछि मनोनयन अघि कांग्रेसमा प्रवेश गरी यादव उम्मेदवार बनेका थिए। जसपाबाट अध्यक्षका उम्मेदवार शिवनन्दन यादवले १ हजार ७४२ र उपाध्यक्षकी उम्मेदवार राखिकुमारी यादवले १ हजार ६९४ मत प्राप्त गरे।

वडा अध्यक्षमा लोसपाबाट वडा नम्बर १ मा जयश्वर किशोर दासले ९६० र वडा नम्बर ६ मा गजेन्द्र मण्डलले ४५६ मत ल्याएर निर्वाचित भए। वडा नम्बर २ मा जनमत पार्टीका जागेश्वरप्रसाद इशरले ९६६, वडा नम्बर ३ मा माओवादी केन्द्रका रामकुमार यादवले ३५३ र वडा नम्बर ४ मा कांग्रेसका जुगेश्वर साहले ७४२ मत ल्याएर वडा अध्यक्ष निर्वाचित भएका छन्। वडा नम्बर २ जनमत पार्टीका अध्यक्ष सीके राउतको गृहगाउँ पनि हो।

सप्तरीमा हालसम्म घोषित नतिजाअनुसार २/२ स्थानीय तहमा कांग्रेस र एमाले तथा १/१ स्थानीय तहमा लोसपा र जनमत पार्टीका नगर प्रमुख निर्वाचित भएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.