पृथ्वीसुब्बाको पालिका क्व्होलासोंथारमा एमालेको ‘क्लिन स्वीप’

पृथ्वीसुब्बाको पालिका क्व्होलासोंथारमा एमालेको ‘क्लिन स्वीप’

बेंसीसहर : लमजुङको क्व्होलासोंथार गाउँपालिकामा नेकपा एमालेले ‘क्लिन स्वीप’ गरेको छ ।  एमालेका उपमहासचिव एवं गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पालिका अध्यक्ष, उपाध्यक्ष, ९ वटै वडाका अध्यक्ष र सबै सदस्यमा एमाले विजयी भएको हो ।

बुधबार राति सकिएको मतगणना अनुसार गाउँपालिका अध्यक्षमा एमालेका सूर्यप्रसाद गुरुङ विजयी भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसका टेकबहादुर गुरुङलाई १ हजार ३ सय ६७ मतले हराउँदै सूर्यप्रसाद गुरुङले जित हात पारेका हुन् । सूर्यप्रसादले ३ हजार ८ सय ५६ मत ल्याएका छन् । प्रतिद्वन्द्वी टेकबहादुर गुरुङले २ हजार ४ सय ८९ मत ल्याएका छन् । अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशनमा भुवरजंग गुरुङले ५१ मत प्राप्त गरेका छन् । अध्यक्षमा निर्वाचित सूर्यप्रसाद पृथ्वीसुब्बा गुरुङ मुख्यमन्त्री हुँदा स्वकिय सचिव थिए ।

उपाध्यक्षमा गमीमाया गुरुङ निर्वाचित भएकी छन् । कांग्रेसकी उम्मेदवार सिर्जना गुरुङलाई १ हजार ६ सय ४९ मतान्तरमा उपाध्यक्ष हासिल गरेकी हुन् । गमीमायाले ३ हजार ९ सय ८९ मत पाएकी छन् । सिर्जनाले २ हजार ३ सय ४० मत पाइन् । 

वडाअध्यक्षतर्फ वडा नं. १ मा पेमा गुरुङ, वडा नं. २ मा खुसीमान गुरुङ, वडा नं. ३ मा आसबीर गुरुङ, वडा नं. ४ मा नारायण गुरुङ, वडा नं. ५ मा गीतबहादुर गुरुङ, वडा नं. ६ मा मनलाल गुरुङ, वडा नं. ७ मा लक्षुमन गुरुङ, वडा नं. ८ मा सन्तोष घले र वडा नं. ९ मा हुमराज गुरुङसहित सबै सदस्य एमालेले जितेको निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेले बताए ।

२०७४ को स्थानीय चुनावमा क्व्होलासोंथर २ र ८ को अध्यक्ष र केही सदस्य कांग्रेसले जितेको थियो । यसपटक पालिका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र सदस्य गरी ९ वटै वडाका ४७ जना जनप्रतिनिधि नै एमालेका उम्मेदवार निर्वाचित भएको सहायक निर्वाचन अधिकृत त्रिलोकचन्द्र गुरुङले बताए । सबै पदमा एउटै दलको क्लिन स्वीप भएको जिल्लामै यो एक मात्र पालिका हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.