बनेपा नगरपालिकाको प्रमुखमा कांग्रेस, उपप्रमुखमा एमाले विजयी
काभ्रे : जिल्लाको बनेपा नगरपालिकाको अन्तिम नजिता सार्वजानिक भएको छ। नगरको प्रमुखमा नेपाली कांग्रेसबाट शान्ति रत्न शाक्य निर्वाचित भएका छन्।
शाक्यले १३ हजार ७९३ मत ल्याएर विजयी भएका हुन्। प्रतिद्वन्द्वी नेकपा एमालेका रत्न कुश रंजितकारले ११ हजार ८३५ ल्याएका छन्। त्यसै गरी नगरको उपप्रमुखमा नेपका एमालेबाट बिमला सापकोटा दाहल निर्वाचित भएकी छन्।
दाहलले ११ हजार ९९२ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी गठबन्धन एकीकृत समाजवादीबाट रगुबर चौ प्रधानले १० हजार ५१५ मत पाएका थिए। बनेपा नगरपालिका यसअघि २०७४ मा नेकपा एमालेले प्रमुख उपप्रमुख जितेका थिए।
प्रतिक्रिया दिनुहोस !
१