टीकापुरको मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा निर्वाचित

टीकापुरको मेयरमा नागरिक उन्मुक्तिका रामलाल डगौरा निर्वाचित

टीकापुर : निलम्बित संसद रेशमलाल चौधरी समर्थित नागरिक उन्मुक्ति पार्टीले कैलालीको टीकापुर नगरपालिकाको मेयरमा जीत हासिल गरेको छ। नागरिक उन्मुक्ति पार्टीका रामलाल डगौरा थारु ३ हजार मतान्तरले विजयी भएका छन्। उनले प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नवराज रावलभन्दा ३ हजार मत बढी ल्याएका छन्। 

निर्वाचन अधिकृत पुष्कर खड्काका अनुसार थारुले ९ हजार ६ सय ४२ र रावलले ६ हजार ६ सय ४२ मत प्राप्त गरेका छन्। उनका अनुसार उपमेयरमा भने गठबन्धतर्फबाट नेकपा माओवादी केन्द्रका खडकबहादुर शाह विजयी भएका छन्। उनले ७ हजार ९ सय ५५ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नागरिक उन्मुक्तिका उल्कादेवी विकले ७ हजार ८ शय २ मत पाएकी छन्। 

टीकापुर नगरपालिकामा ३१ हजार ५ सय २३ मत खसेको थियो। सबैभन्दा बढी मत खसेको वडा नं. १ मा नेकपा एमालेका मोहन विक विजयी भएका छन्। उनी प्रतिस्पर्धी नागरिक उन्मुक्तिका लक्ष्मण चौधरीभन्दा ३ मत बढी ल्याएर विजयी भएका निर्वाचन अधिकृत खड्काले जानकारी दिए। विकले २ हजार ४ सय ९८ र चौधरीले २ हजार ४ सय ९५ मत पाएका छन्। वडा नं. १ मा ११ हजार ७९ मत खसेको थियो। 

कुल नौवटा वडामध्ये कांग्रेसले ३, माओवादी केन्द्रले ३, नागरिक उन्मुक्तिले २ र एमालेले एक वडाध्यक्ष जितेको छ। कांग्रेसतर्फबाट वडा नं. २ मा दीपक चौधरी, वडा नं. ३ मा ऋषी श्रीपाइली र वडा नं. ६ मा बलिराम चौधरी विजयी भएका छन्। 

त्यस्तै माओवादी केन्द्रबाट वडा नं. ७ मा यज्ञप्रसाद न्यौपाने, वडा नं. ८ मा दीर्घबहादुर ठकुल्ला र वडा नं. ९ मा लौटन चौधरी विजयी भएका छन्। ठकुल्ला र चौधरी यसअघि समेत वडाध्यक्ष थिए। 

नागरिक उन्मुक्तिका तर्फबाट वडा नं. ४ मा लालविर चौधरी र वडा नं. ५ मा बलबिर चौधरी विजयी भएका छन्। वडा नं. ४ का लालविर यसअघि समेत वडाध्यक्ष थिए। यसअघि नागरिक उन्मुक्ति पार्टीले जोशीपुर गाउँपालिकामा समेत अध्यक्ष र उपाध्यक्षमा जीत हात पारेको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.