सिन्धुली सुनकोशीको अध्यक्षमा पुन: दिपा बोहोरा विजयी, उपाध्यक्षमा कोइराला

सिन्धुली सुनकोशीको अध्यक्षमा पुन: दिपा बोहोरा विजयी, उपाध्यक्षमा कोइराला

सिन्धुली : सिन्धुलीको सुनकोशी गाउँपालिकाको अध्यक्षमा पुन: दिपा बोहोरा दाहाल निर्वाचित भएकी छन्। कुल ५ हजार ३ सय ७६ मतसहित उनी दोस्रो कार्यकालको लागि अध्यक्ष पदमा निर्वाचित भएकी हुन्। 

दाहाल नेकपा माओवादी केन्द्रकी नेतृ हुन्। उनी संघीयतापछि २०७४ सालको पहिलो स्थानीय तहको निर्वाचनमा लोकप्रिय मतसहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी थिइन्। 

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रोमनराज गिरीले ५ हजार ९८ मत प्राप्त गरेका छन्। दाहाल र गिरीबीचमा २ सय ७८ मतान्तर छ। दाहाल लगातार दुई कार्यकाल अध्यक्षमा निर्वाचित हुने जिल्लामै पहिलो महिला नेतृ हुन्। सुनकोशी गाउँपालिकाको उपाध्यक्षमा भने नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित भएका छन्। 

योसँगै सिन्धुलीका ८ वटा पालिकाको मत गणना सम्पन्न भएको छ। हालसम्म जिल्लामा नेकपा माओवादी केन्द्रले चार, नेपाली कांग्रेस र एमालेले दुई दुई वटा पालिका जितेका छन्। कमलामाई नगरपालिकामा भने मत गणना जारी छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.