बागमतीका मेयरमा थापा दोहरिए

बागमतीका मेयरमा थापा दोहरिए

मलंगवा :  सर्लाहीको बागमती नगरपालिकाको मेयर र उपमेयरमा नेकपा माओवादी केन्द्रका भरतकुमार थापा र लिला कुमारी मोक्तान पूनः निर्वाचित भएका छन्।

थापा प्रतिस्पर्धीभन्दा तीन हजार ९८९ बढी मत ल्याएर दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका हुन्। ११ हजार ३५७ मतसहित विजयी हुँदा निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका टंकबहादुर बस्नेत (गोकुल) ले सात हजार ३६८ मत मात्रै पाएका छन्।

त्यस्तै, १० हजार ८७९ मतसहित मोक्तान पनि दोस्रोपटक उपमेयरमा निर्वाचित भइन्। निकटतम् प्रतिद्वन्द्वी एमालेकी सरिता घिसिङले सात हजार ७०५ मत मात्र पाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.