काभ्रेको चौरी देउराली गाउँपालिकामा माओवादी केन्द्र विजयी
काभ्रे : जिल्लाको चौरी देउराली गाउँपालिकामा गठबन्धनका उम्मेदवार अध्यक्ष र उपाध्यक्षमा दुवैजना निर्वाचित भएका छन्।
गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रेणुका चौलागाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएकी हुन्।
उनले ६२२८ मत पाएर निर्वाचित भएकी हुन्। उनका प्रतिद्वन्दवी एमालेका जितराम लामाले ५४६३ मत प्राप्त गरे।
त्यसैगरी गाउँपालिकाको उपाध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शेरबहादुर लामा निर्वाचित भएका छन् । लामा ७२१९ मत पाएर निर्वाचित भए। उनका प्रतिद्वन्द्वी नेकपा एमालेकी बविता खरेल गौतमले ३५४९ मत प्राप्त गरिन्।
चौरीदेउराली गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका सुशिल लामा, २ मा एमालेका छत्रबहादुर प्रधान, ३ मा माओवादीका चित्र चौलागाई, ४ मा माओवादीका, रामप्रसाद चौलागाईं, ५ मा माओवादीका कृष्ण प्रसाद गौतम, ६ मा कांग्रेसका किशोर राज गिरि, ७ मा काङ्ग्रेसकै चन्द्र राज लामा, ८ मा माओवादीका धनबहादुर तामाङ र ९ मा माओवादीका रामबहादुर लामा वडा अध्यक्षमा निर्वाचित भएका
छन् ।