स्रोत व्यक्तिबाट राजीनामा दिएका भारत बने अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष

स्रोत व्यक्तिबाट राजीनामा दिएका भारत बने अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष

बेनी : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको शिक्षा शाखाको स्रोत व्यक्तिबाट राजीनामा दिएर उम्मेदवार बनेका भारतकुमार पुन सोही पालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उम्मेदवार बनेका पुन अध्यक्षमा र दिवा तिलिजा पुन उपाध्यक्षमा निर्वाचित भएका हुन् । ४ वर्ष शिक्षा शाखा संयोजकको रुपमा काम पुन गाउँपालिका अध्यक्ष बनेका हुन् ।  

तत्कालीन शिक्षा कार्यालयको स्रोत व्यक्तिको रुपमा १३ वर्ष काम गरेका पुनले गाउँपालिकाको शिक्षा शाखा संयोजक पदबाट राजीनामा दिएर चुनावी मैदानमा आएका थिए । अध्यक्षमा विजयी पुनले चार हजार ५८ र उपाध्यक्षमा निर्वाचित तिलिजाले चार हजार १५ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कांग्रेसका बलहादुर तिलिजाले गाउँपालिका अध्यक्षमा तीन हजार ३१६ र उपाध्यक्षमा ललिता तिलिजाले तीन हजार ३५८ मत पाएका छन् । उपाध्यक्षमा निर्वाचित अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ५ पाउद्धारकी ५१ वर्षीय तिलिजा पुन गैरसरकारी क्षेत्रबाट राजनीतिमा आएकी हुन् । ग्रामीण विकासमा स्नाकोत्तर गरेकी पुन गैरसरकारी संस्था मिलन म्याग्दीमा २०५८ देखि आवद्ध छिन् । एक पटक अध्यक्ष समेत भएकी पुन मिलनको कार्यकारी निर्देशकबाट राजीनामा दिएर गाउँपालिका उपाध्यक्षको उमेद्वार बनेकी थिइन् ।  

१२ हजार २६ जना मतदाता रहेको अन्नपूर्ण गाउँपालिकामा ६४ प्रतिशत अथवा सात हजार ८०३ मत खसेको थियो । निर्वाचित हुने ४२ पदका लागि ९८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए । आठ वटा वडा रहेको अन्नपूर्णमा एमालेले पाँच र कांग्रेसले तीन वटा वडाको अध्यक्ष जितेका छन् । 

वडा नम्बर १ मा उमालेका दिलिपकुमार गर्बुजा, २ मा एमालेका ओम फगामी, ३ मा रमेश पुर्जा, ४ मा कांग्रेसका लोकबहादुर फगामी, ५ मा कांग्रेसका राजेश तिलिजा, ६ मा काँग्रेसका रामबहादुर खड्का, ७ मा एमालेका माइलन पुर्जा पुन र ८ मा एमालेका खम गर्बुजा निर्वाचित हुनुभएको सहायक निर्वाचन अधिकृत सुरणप्रसाद शर्मा पौडेलले बताए । 

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्षमा निर्वाचित भारतकुमार पुन र उपाध्यक्ष दिवाकुमारी तिलिजा पुन । तस्बिर : सौजन्य सुरेन गुरुङ


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.