तुलसीपुर उपमहानगरपालिकामा कांग्रेसका गिरीले बढाए अग्रता
दाङ : दाङको तुलसीपुर उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता बढाउँदै लगेका छन् ।
१० हजार ५ सय २५ मत गणना हुँदा गिरीले ४ हजार ६ सय १३ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार टिकाराम खड्काले ४ हजार ४ सय ३ मत प्राप्त गरेका छन् ।
यी दुईको मतान्तर २ सय १० रहेको छ । दुबै उम्मेदवारबीच कडा टक्कर भइरहेको बेला गिरीले मतान्तर २ सय कटाएका हुन् ।
उपमेयर पदका उम्मेदवार स्थानी चौधरीले ४ हजार २ सय २६ मत प्राप्त गर्दा एकीकृत समाजवादीका उपमेयरका उम्मेदवार जोगबहादुर रानाले ३ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
तुलसीपुरको वडा नं। १ र २ को अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ भने वडा नं. ३, ४ र ५ को अहिले मतगणना भइरहेको छ ।