काभ्रेको मण्डन देउपुरमा एमालेलाई पराजित गर्दै गठबन्धन विजयी
काभ्रे : मण्डन देउपुर नगरपालिका गठबन्धनको तर्फबाट प्रमुखमा एकीकृत समाजवादीका टोकबहादुर तामाङ निर्वाचित भएका छन्। वाइवाले ९ हजार ४०६ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी एमालेका बिदुर सापकोटाले ८ हजार ३५१ मत पाएका छन्।
नगरको उपप्रमुख पदमा गठबन्धनबाटै नेपाली कांग्रेसको तर्फबाट बिष्णुमणि नेपाल विजयी भएका छन्। नेपालले ११ हजार ३०५ मत ल्याउँदा उनको प्रतिद्वन्द्वी एमालेबाट सरिता ढकालले ६ हजार ९२४ मत ल्याएकी छन्।
नगर प्रमुखमा निर्वाचित तामाङ यस अघि पनि ०७४ मा एमालेबाट निर्वाचित भएका थिए। उपप्रमुखमा निर्वाचित नेपाल ०७४ मा नगरको १० नं. वडामा अध्यक्ष निर्वाचित भएका थिए।
प्रतिक्रिया दिनुहोस !
१