तनहुँको व्यास नगरपालिकामा दीपक जोशीलाई अग्रता

तनहुँको व्यास नगरपालिकामा दीपक जोशीलाई अग्रता

तनहुँ : स्थानीय तहको निर्वाचन २०७९ अन्तरगत जिल्लाको व्यास नगरपालिकामा अहिले मतगणना भइरहेको छ। जारी मतगणनामा ३ हजार १७५ मत गणना हुँदा एमाले र जोशी समुहका दीपकराज जोशीले अग्रता लिएका छन्। 

जोशीले ५१० मतान्तरले अग्रता लिएका हुन्। उनले १ हजार ५९२ त ल्याउँदा काँग्रेसका बैकुण्ठ न्यौपानेले १ हजार ८२ मत पाएका छन्। न्यौपाने नगरपालिकाको निवर्तमान प्रमुख हुन्।
 

त्यस्तै, उपप्रमुखमा नेपाली कांग्रेसकी इन्दिरा दरैले १ हजार २६६ पाएकी छन् भने एमाले जोशी गठबन्धनकी बसुन्धरा घर्तीले १ हजार २४६ मत ल्याएकी छन्। १४ वटा वडा रहेको व्यासमा कुल ४७ हजार ५४२ मतादाता छन्। त्यहाँ जम्मा ३० हजार १७४ मत मात्र खसेको छ।  

वडा नं ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। वडाध्यक्षमा अनुप राना विजयी भएका छन्। रानाले ६५७ मत प्राप्त गर्दा उनका निकटतम प्रत्याशी एमालेका बलराम श्रेष्ठले २५२ मत पाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.