सिल नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन अधिकृतको कार्यालयले भन्यो : स्टोरमा राख्ने क्रममा त्रुटी भयो

सिल नतोडिएको मतपेटिका भेटिएपछि निर्वाचन अधिकृतको कार्यालयले भन्यो : स्टोरमा राख्ने क्रममा त्रुटी भयो

महोत्तरी :  सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ ।

वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ ।

वडा नम्बर ८ को  मतगणनामा धाँधली भएको एमालेले आरोप लगाएको थियो।

वडा नम्बर ९ को मतगणना सकिएपछि अन्तिम मतपरिणाम सार्वजनिक हुने पर्खाइमा बसेका सर्वसाधारण वडा नम्बर ८ विवाद नसुल्झिएसम्म प्रतीक्षामा रहनुपर्ने देखिएको छ ।

निर्वाचन आयोगले घोषणा गरेको वडा नम्बर ८ को मतपरिणामअनुसार माओवादी केन्द्रका शमशेरसिंह लामाले ७५३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी रुद्र किङरिङले ७४४ मत प्राप्त गरेका छन् । 

नखोलिएको मतपेटिकामा अझै ८० देखि ८५ मतपत्र हुनसक्ने आशंका गरिएको छ । एमालेले भने सिल नतोडिएको मतपेटिकाको मतगणना गर्नुपर्ने माग अघि सारेको छ।

मतदान अधिकृतले दिएको जानकारी अनुसार रुजु गरिसकेको र सबै मतपेटिका एकै ठाउँमा राखिएको सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन्।उनले  सर्वदलीय बैठक राखेर यसको समाधान खोजिने बताइन्

यता निर्वाचन अधिकृतको कार्यालय बर्दिबासले स्टोरमा राख्ने क्रममा त्रुटि भएको जनाएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.