मेयरमा पुन: निर्वाचितपछि मण्डलले भने : गौरव महशुस भएको छ, मटिहानीमा विकासको लहर ल्याउँछु

मेयरमा पुन: निर्वाचितपछि मण्डलले भने : गौरव महशुस भएको छ, मटिहानीमा विकासको लहर ल्याउँछु

 मटिहानी  : महोत्तरीको मटिहानी नगरपालिकाको मेयरमा निवर्तमान मेयर हरिप्रसाद मण्डल फेरि मेयरमा जितेका छन् ।

मटिहानीको पौराणीक, धार्मिक , ऐतिहासिक एवंम् पूरातात्विक वैभवलाई संरक्षण ,सम्बद्र्धन र विकास गर्न मतदाताले ५ वर्षका लागि अनुमोदित गरेका हुन् ।

यतिखेर मटिहानीमा जितेका उम्मेदवार विजयी जुलुस मनाइरहेका छन् । पछि परेका उम्मेदवारहरु हार्नुको समीक्षामा जुटेका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालका हरि मण्डलले ४ हजार ३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृत कुलबहादुर फडेराले बताए।

फडेराका अनुसार मटिहानी नगरपालिका मेयर मण्डल एक हजार ३२९ मतान्तरले विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मत ल्याए।

उपमेयरमा लोसपाकै मंजुदेवी ३ हजार ८६४ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालय मटिहानीले जनाएको छ । 

उनको निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत ल्याएकी हुन् । 

उपमेयरमा १ हजार ११३ मतान्तरले लोसपाकी मंजु विजयी भइन्।

गौरव महशुस भइरहेको : मेयर मण्डल

'सर्वप्रथम मलाई मतदान गर्नुहुने सबै मतदाताप्रति आभार व्यक्त गर्दछु । शुभचिन्त, पार्टीका कार्यकर्ता, नेताहरुलाई धन्यवाद दिन्छु । उहाँहरुले मलाई सहयोग गरेर मेरो जित सुनिश्चित बनाइदिनुभयो,'  जननिर्वाचित मेयर मण्डल भने, 'मलाई विश्वास थियो कि मैले पहिलो कार्यकालमा नेतृत्व गर्दा विकास गरेको छु । निश्चित रुपमा जनताले दोस्रो पटक पनि मौका दिनुहुन्छ ।  म यसमा सफल भएँ । काम गर्दा जनताले मुल्यांकन गर्छ भन्ने विश्वास थियो । जुन आज भोट गरेर जनताले प्रत्यक्ष रुपमा देखाएको छ ।’

लगन, परिश्राम, सोच भयो भने जुनसुकै अवस्थालाई पनि चिरेर अगाडि बढ्न सकिने उनी सुनाउँछन् । ‘मैले पनि त्यस्ता तमाम बाधाहरुलाई चिर्दै लक्ष्य प्राप्ति गर्नलाई सफल भएको छु । यो मलाई आफैमा गौरव महशुस भइरहेको छ,' निर्वाचित मेयर मण्डलले भने ।

यसअघि उनले  मटिहानी नगरपालिकाको मेयर पद सम्हालेर चर्चा बटुलेका थिए । मटिहानीको साँढे पाँच वर्षको सिङ्गो युगलाई प्रतिनिधित्व गर्ने आधार र प्रभाव पार्ने शक्तिशाली इतिहास थियो । यी सबै वैभव र सिङ्गो इतिहास थियो । तर, ती सबै गुमनामजस्तै भए । मेयर मण्डल पहिलो पटक जितेर आउँदा गर्भिलो इतिहास, कमजोर वर्तमान र आशाले भरिएको भविष्य मटिहानी रहेको महसुस गर्दै काम थालेका थिए । विगतमा मेयर मण्डलले गरेको सकारात्मक प्रयासलाई मतदाताले रुचाएर फेरि जिताएका हुन्।

उनले अबको कार्यकालमा अधुरा रहेका कामकाजलाई पुरा गर्ने योजनामा छन् । 'विशेष गरेर विकासकै कामलाई प्राथमिकतामा राख्छु । हाम्रो पालिका केही सहरी, धेरै ग्रामिण क्षेत्रमा पर्छ । सबै वडामा विकासको मोडेलको रुपमा अगाडि बढाउँछु । मधेश प्रदेशमै नमूना पालिकाको रुपमा विकास गर्न सबैको सहयोग लिएर अहोरात्र खटने छु,' उनी भन्छन् ।

कृषि क्षेत्रको विकासका लागि काम गर्ने मेयर मण्डल सुनाउँछन् । हरेक सडकलाई प्रदेश र संघीय सरकारको सहयोगमा दुई लेन, चारलेनको पक्की तथा कालोपत्रे सकड बनाउने बताए।

‘मसँग भिजन छ, सोच छ अनि मनमा आँट छ। त्योसँगै आत्मविश्वास पनि छ। म आफ्नो भिजनभन्दा जनताको भिजन, आवश्यकता अनुसारको विकासको कामलाई पहिलो प्राथमिकतामा राखि मटिहानीमा विकासको लहर ल्याउछु,' उनी भन्छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.