वर्दिवासमा गोलाप्रथाबाट वडाध्यक्ष चयन

वर्दिवासमा गोलाप्रथाबाट वडाध्यक्ष चयन

महोत्तरी : वर्दिवास नगरपालिका वडा नं. ८ को वडाध्यक्षपदको निष्कर्ष गोलाप्रथाबाट लगाईएको छ। विहीबार दिउँसो भेटिएको एक थान शिलप्याक मटपेटिकाको मत गणना गर्ने क्रममा दुई जना वडाध्यक्ष मत बाँझिएपछि निर्वाचन अधिकृतको कार्यालय वर्दिवासले वडाध्यक्षको पद गोलाप्रथाबाट छुटयाएको हो।

मतगणना गर्ने क्रममा सो वडाका वडाध्यक्षका उम्मेदवार नेकपा माओवादी केन्द्रका शमसेर सिंह लामा र नेकपा एमालेका रुद्र किङरिङको मत समान ७४४ रहेका थिए। पछि गोलाप्रथाबाट सो वडाको वडाध्यक्ष चयन गरिएको सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले बताईन्।  

सहायक अधिकृत तामाङले भनिन्, ‘भेटिएको सो मतपेटिकाभित्र ८४ रहेको थियो। सर्वदलीय सहमति अनुसार मतगणना गर्दा लामा र किङरिङ दुबैको पक्षमा ७ सय ६६ मत प्राप्त भईयो। पछि वडाध्यक्ष विजयी घोषणा गर्न गोला तान्न लगाएको थियो। सोही क्रममा किङरिङले गोला तान्दा नपरेपछि लामा विजयी भएको हो। सो समयमा लामा मतगणनास्थलमा उपस्थित थिएनन्।’

विहीबार दिउँसो वर्दिवास नगरपालिकाको अन्तिम नतिजा सार्वजानिक गर्ने क्रममा स्टोरमा सो शिलप्याक मतपेटिका भेटिएको थियो। तीन दिनअघि मतगणना गर्ने क्रममा बर्दिबास नगरपालिका–८ का वडाध्यक्षमा लामालाई विजयी घोषणा गरिएको थियो। आफूले आधिकारिक रुपमा नै विजेता भएपछि उनले वडाभरिमा खुशियाली जुलुस निकालिसकेका छन्। निर्वाचन अधिकृतको कार्यालयले लामालाई ७५३ मतसहित निर्वाचित भएको घोषणा गरिएको थियो। त्यस्तै नेकपा (एमाले) का रुद्र किङरिङले ७४४ मत पाएको आधिकारिक रुपमै घोषित गरिएको थियो। 

भुलवश त्रृटी भएको हो : सहायक निर्वाचन अधिकृत तामाङ
सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले कर्मचारीको भुलवसले सो घटना घटेको बताईन्। उनले भनिन्, ‘मतदान अधिकृतले दिएको जानकारी अनुसार आफूले रुजु गरेकी थिईन्। स्टोरमा सबै मतपेटिका एकै ठाउँमा राखिएकोले यस्तो त्रृटी भएको हो।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.