कांग्रेसबाट वागी भएका क्षेत्री भए बर्दिवासका मेयर
![कांग्रेसबाट वागी भएका क्षेत्री भए बर्दिवासका मेयर](https://annapurnapost.prixacdn.net/media/albums/congressbijayi_20220515155304_PddN0LOems.jpg)
महोत्तरी : नेपाली कांग्रेसबाट वागी भई स्वतन्त्रबाट उम्मेदवारी दिएका प्रल्हाद क्षेत्री बर्दिवासको नगरप्रमुखमा निर्वाचित भएका छन्। १४ हजार २१० मत ल्याएर क्षेत्री वर्दिवास नगरपालिकाको प्रमुखमा निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका राजु खडकाले ८३२३ मत ल्याएका छन्। त्यस्तै नेकपा एमालेका उम्मेदवार टेकबहादुर वलम्पाकीले ३५२६ मत ल्याएका हुन्।
यता नगर उपप्रमुखमा स्वतन्त्रतर्फकै तारादेवी महतो निर्वाचित भएकी छिन्। महतोले ९७३६ मत ल्याई उपप्रमुखमा विजयी भएकी हुन्। उनका निकटम प्रतिद्वन्द्वी कृष्णमाया गौतमले ८१८५ मत प्राप्त गरेकी हुन्। त्यस्तै नेकपा एमालेकी दुर्गा दाहालले ४८०३ मत ल्याएकी छन्।
कांग्रेसका सक्रिय कार्यकर्ता रहेका क्षेत्री र तारादेवीलाई पार्टीले अन्तिम समयमा आएर टिकट नदिएपछि उनीहरु स्वतन्त्रबाट प्रमुख र उपप्रमुखतर्फ उम्मेदवारी दिएका थिए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)