धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालले कटाए १९ हजार मत, गठबन्धन दोब्बर मतले पछाडि

धनगढी उपमहानगरमा स्वतन्त्र उम्मेदवार हमालले कटाए १९ हजार मत, गठबन्धन दोब्बर मतले पछाडि

धनगढी : धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमालले अग्रता कायमै राखेका छन्।  शुक्रबार बिहान ७ बजेसम्म ४२ हजार २३० मत गणना हुँदा हमालले १९ हजार १४७ मत प्राप्त गरेका छन्।

निकटम प्रतिद्वन्द्वी कांग्रेसका नृपबहादुर ओडले ९ हजार ५५७ मत प्राप्त गरेका छन्। हमाल ओडभन्दा ९ हजार ५९० मतले अगाडि छन्। उनले सत्तारुढ गठबन्धनलाई टक्कर दिएका छन्। 

यता एमालेका रणबहादुर चन्दले ४ हजार ६६४ मत प्राप्त गरेका छन्।

उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारी क्षेत्रीले ८ हजार ८१५ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्। एमालेकी कन्दकला रानाले ८ हजार १४१ मत प्राप्त गरेकी छन्। स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ५ हजार ३६ मत प्राप्त गरेर तेस्रो स्थानमा छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.