हरिवन नगरपालिकामा माओवादीका बुढाथोकी विजयी
मलंगवा : सर्लाहीको हरिवन नगरपालिकामा नेकपा माओवादी केन्द्रका रमेश बुढाथोकी (कमल) नगरप्रमुखमा विजयी भएका छन्। त्यस्तै उपमेयरमा भने नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छन्।
बुढाथोकी निवर्तमान मेयर नेकपा एमालेका गणेशप्रसाद प्रसाईंलाई १ सय ५३ मतले पछि पार्दै विजयी भएका हुन्। ७ हजार २ मतसहित बुढाथोकी विजयी हुँदा प्रसाईंले ६ हजार ८ सय ४९ मत पाएका छन्। आफ्नो पार्टीका १ जना पनि वडाअध्यक्ष र वडा सदस्य विजयी नहुँदा समेत माओवादीका बुढाथोकी मेयरमा बाजी मार्न सफल भएका छन्।
त्यस्तै उपमेयरतर्फ एमालेकी घलान ६ हजार ८ सय ५५ मतसहित विजयी भएकी छन्।। निकटतम् प्रतिद्वन्द्वी माओवादीकी पद्मा मोक्तानले ५ हजार ३२१ मत ल्याइन्। वडा नम्बर १, २, ४ र ९ को वडाध्यक्ष कांग्रेस, ३, ७, १० र ११ मा एमाले तथा ५ र ६ मा नेकपा एकीकृत समाजवादीले वडाध्यक्ष हात पारेका छन्।