सर्लाहीको चक्रघट्टामा जसपाका कृष्णकुमार यादव विजयी
मलंगवा : सर्लाहीको चक्रघट्टा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका कृष्णकुमार यादव (किशुन) अध्यक्ष पदमा विजयी भएका छन् । नेपाली कांग्रेसका रामजी साहलाई २ हजार ३ सय ९४ मतले पछि पार्दै कृष्णकुमार यादव विजयी भएका हुन् ।
यादवले ५ हजार ९ सय १५ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्दी साहले ३ हजार ५ सय २१ मत प्राप्त गरेका छन् । निवर्तमान गाउँपालिका अध्यक्ष माओवादी केन्द्रका उम्मेदवार विक्रम यादवले २ हजार १ सय ४४ मत मात्र पाएका छन् ।
त्यसैगरी गाउँपालिका उपाध्यक्षमा जसपाकै मिनादेवी रायले ५ हजार ८ सय १५ मत प्राप्त गरेर विजयी बनेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वी विमल जयसवालले ३ हजार ७ सय ६० मत प्राप्त गरेका छन् । ९ वटा वडा रहेको चक्रघट्टमा ६ वडा जसपा, २ मा माओवादी केन्द्र र १ वटामा नेपाली कांग्रेसका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् ।