माओवादी केन्द्रको गढ रुकुम पश्चिम मुसिकोटमा १३ मतान्तरले कांग्रेस विजयी
जाजरकोट : रुकुम पश्चिमको मुसिकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका महेन्द्र केसी विजयी भएका छन्। केसीले ६ हजार ९१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका वसन्तकुमार शर्माले ६ हजार ९०१ मत प्राप्त गरेका छन्।
यस्तै उपमेयरमा नेकपा एकीकृत समाजवादीका विमलकुमार पुन विजयी भएका छन्। उनले ६ हजार १४० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी एमालेका थलबहादुर ओलीले ५ हजार ९८५ मत प्राप्त गरेका छन्। १४ वडा रहेको यस नगरपालिकामा १, २, ३, ५ , ८ र १४ नेपाली कांग्रेसले जितेको छ भने ४, ६, ७, ९, १०, ११, १२ र १३ नम्बर वडा नेकपा माओवादी केन्द्रले जितेका छन्। नेकपा एमालेले एउटा वडा पनि जित्न सकेन।
मुसिकोटमा नेपाली कांग्रेस र नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाको गठबन्धन थियो। २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मुसिकोट नगरपालिका प्रमुख र उपप्रमुखमा माओवादी केन्द्रको विजयी भएको थियो। यो अर्थमन्त्री जनार्दन शर्माको पालिका हो।