नवलपरासीमा कार्यपालिका गठनका लागि निर्वाचन प्रकृया सुरु

नवलपरासीमा कार्यपालिका गठनका लागि निर्वाचन प्रकृया सुरु

परासी : निर्वाचित जनप्रतिनिधिहरुको शपथ लगत्तै पश्चिम नवलपरासीमा कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रकृया सुरु गरिएको हो।

जिल्लाका ७ स्थानीय तहका प्रमुख र अध्यक्षहरुलाई मुख्य निर्वाचन अधिकृतले सपथ गराए लगत्तै रामग्राम नगरपालिका र सरावगल गाउँपालिकामा शुक्रबार मतदाता नामावली प्रकाशन गरेर कार्यपालिका सदस्य चयनका लागि निर्वाचन प्रकृया सुरु गरिएको छ।

अन्य ५ पालिकाका निर्वाचन अधिकृतहरुले सोमबारसम्म गठन प्रकृया सुरु गर्ने जनाएका छन्। ‘रामग्राममा नगर कार्यपालिकाको सदस्य निर्वाचनका लागि शुक्रबार मतदाता नामावली प्रकाशन गरेर काम सुरु गरिएको छ।’ सहायक मुख्य निर्वाचन अधिकृत रुद्र प्रसाद रेग्मीले भने। कार्यतालिका अनुसार ११ गते मनोनयन र १९ गते निर्वाचन मिति तोकिएको छ।

 
नगरपालिकामा ५ जना महिला सदस्य र ३ जना दलित/अल्पसंख्यकबाट सदस्य निर्वाचित हुने छन्। गाउँपालिकामा ४ जना महिला सदस्य र २ जना दलित/अल्पसंख्यकबाट सदस्य निर्वाचित हुने छन्। महिला सदस्यका हकमा निर्वाचित जनप्रतिनिधिहरु उम्मेदवार हुन पाउने छन्।

दलित/अल्पसंख्यक सदस्यका लागि निर्वाचितबाहेकका अन्य व्यक्ति पनि उम्मेदवार हुन पाउने छन्। जिल्लामा ३ सय ८४ जना जनप्रतिनिधिहरु निर्वाचित भएका छन्। ति सबै कार्यपालिका सदस्य निर्वाचनका लागि मतदाता हुन्।

अघिल्लो निर्वाचनमा दलहरुले बहुमतका आधारमा सदस्य चयन गर्ने गरेपनि अहिले भने जिल्लाका अधिकांश पालिकामा कुनै एक दलको स्पष्ट बहुमत नभएकाले निर्वाचन हुने संभावना देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.