अर्घाखाँचीका ५ स्थानीय तहका प्रमुखले खाए शपथ

अर्घाखाँचीका ५ स्थानीय तहका प्रमुखले खाए शपथ

सन्धिखर्क : अर्घाखाँचीका ५ स्थानीय तहका नवनिर्वाचित प्रमुखहरुले शुक्रबार पद तथा गोपनीयताको शपथ खाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कमा जिल्लाका ५ स्थानीय तहका प्रमुखहरुलाई मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।

 
शितगंगा नगरपालिकाका नगरप्रमुख छबिलाल पौडेल, भूमिकास्थान नगरपालिकाका नगरप्रमुख झबिलाल थापा, छत्रदेव गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठ, पाणिनि गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने र मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले पद तथा गोनीयताको शपथ खाएका हुन्।
 
६ स्थानीय तह रहेको जिल्लाको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले भने पद तथा गोपनीयताको शपथ खाएका छैनन्। श्रेष्ठकी आमाको निधन भएपछि उनी शोकमा रहेका छन्।
 
त्यस्तै सन्धिखर्क नगरपालिकाका नवनिर्वाचित नगरउपप्रमुख मिश्रा आचार्यसहित, वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ। मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानले सन्धिखर्क नगरपालिकामा निर्वाचित नगर उपप्रमुखसहित वडाध्यक्ष तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्।
 
सन्धिखर्क नगरपालिकाका जनप्रतिनिधिको प्रमाणपत्र वितरण तथा जिल्लाका स्थानीय तहका प्रमुखको शपथ ग्रहण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शसिधर घिमिरे, सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याललगायत, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको उपस्थिति रहेको थियो।
 
तीन गाउँपालिका र तीन नगरपालिकागरी ६ स्थानीय तह रहेको जिल्लामा एक नगरपालिका र दुई गाउँपालिकाको प्रमुख नेकपा एमालेले जितेको छ। एक नगरपालिका र एक गाउँपालिकाको प्रमुख नेपाली कांग्रेस र एक नगरपालिकाको प्रमुख राष्ट्रिय जनमोर्चाले जितेको छ। 

६१ वडामध्ये ३० वडाको अध्यक्षमा एमाले, २४ वडाको अध्यक्षमा कांग्रेस, ४ वडाको अध्यक्षमा माओवादी केन्द्र र ३ वडाको अध्यक्षमा राष्ट्रिय जनमोर्चाले जितेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.