हेटौंडा उपमहानगरपालिकाले पायो महिला नेतृत्व

हेटौंडा उपमहानगरपालिकाले पायो महिला नेतृत्व

हेटौंडा : हेटौंडा उपमहानगरपालिकाको मेयरमा नेकपा (एकीकृत समाजवादी) की नेता मीना लामा निर्वाचित भएकी छन्। २०४९ सालदेखि नेकपा एमालेले नेतृत्व गर्दै आएको उपमहानगरपालिमा ३० वर्षपछि फरक पाटीको नेतृत्व निर्वाचित भएको हो।

नेकपा एमाले र राप्रपाका उम्मेदवारसँगको तीब्र प्रतिस्पर्धाका बीच लामा बागमती प्रदेशको एकमात्र उपमहानगर हेटौंडाको पहिलो महिला मेयरसमेत बनिन् । एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार एकसय ६७ मतले पछि पार्दै उनी मेयर निर्वाचित भएकी हुन्। लामाले २३ हजार ७५ मत ल्याउदा निकतम प्रतिस्पर्धी  नेकपा एमालेका नेता अनन्तप्रसाद पौडेलले २० हजार ९ सय ८ मत प्राप्त गरे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत ल्याएर तेस्रो स्थानमा चित बुझाउनु पर्‍यो।

भारी मत अन्तरसहित उपमेयरमा कांग्रेसका राजेश बानिया निर्वाचित भए। उनले ३२ हजार ५ सय ९३ मत प्राप्त गरे। नेकपा एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९ सय ९ र राप्रपाकी इन्दिरा न्यौपानले ५ हजार ४ सय ८३ मत ल्याइन्। हेटौंडा उपमहानगरपालिकाको कुल एक लाख चार हजार चारसय ७३ मतमध्ये ७३ हजार ४ सय १४ मत खसेको थियो ।

२०७४ को स्थानीय तह निर्वाचनबाट लामा नेकपा एमालेबाट उपमेयर र बानिया नेपाली काङ्ग्रेसबाट हेटौंडा ५ को वडाअध्यक्षमा निर्वाचित भएका थिए ।

काङ्ग्रेस र आफ्नै पाटीभित्रको चरम असन्तुष्टिलाई चिर्दै लामा मेयरमा निर्वाचित भएकी हुन्। मेयरको टिकट नपाएपछि तत्कालीन नेकपा (एस) जिल्ला अध्यक्ष श्रीधर पोखरेलले पार्टी नै परित्याग गरी नेकपा एमाले प्रवेश गरेका थिए। मेयरमा कांग्रेसका उम्मेदवार नभएपछि काङ्ग्रेसका असन्तुष्ट नेताहरुले पनि लामालाई खुलेर सहयोग गरेनन् । जितपछि मेयर लामाले समग्र हेटौंडाको विकासमा सबैको साथ लिएर काम गर्ने बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.