जाजरकोटको छेडागाडका नगरप्रमुखको तलब भत्ता विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने

जाजरकोटको छेडागाडका नगरप्रमुखको तलब भत्ता विपन्न बालबालिकाको शिक्षामा खर्च गरिने

जाजरकोट : जाजरकोटको छेडागाड नगरपालिकाका नगरप्रमुख रत्नबहादुर खड्काले राज्यबाट पाउने सेवासुविधा(तलबभत्ता) विपन्न बालबालिकाको शिक्षामा खर्च गर्ने बताएका छन्। नगरप्रमुखको सपथग्रहणपछि पदभार ग्रहण गर्दै उनले आफूले जनप्रतिनिधि भएबापत पाउने सेवा सुविधा नलिने घोषणा गरेका छन्। 

'मैले पाउने सेवा सुविधाबाट छुट्टै कोष बनाएर विपन्न, अल्पसंख्यक, अपाङ्ग र साहाराविहीन बालबालिकाको शिक्षाका लागि खर्च गर्ने गर्नेछु', उनले भने,‘सरकारले नगरप्रमुखलाई दिने तलब भत्ता रकम मेरो कार्यकालभर लिन्नँ। सबै विपन्न बालबालिकाको पढाइमा सहयोग पुग्ने गरी खर्च गर्छु।’ छेडागाड नगरपालिकाको समृद्धि, विकास र सुशासनका लागि आफूले काम गर्ने नगरप्रमुख खड्काले बताए। 

'यसअघिका जनप्रतिनिधिले पाँच वर्षको अवधिमा पालिकाको प्रशासनिक केन्द्रसमेत तोक्न सकेका थिएनन्। प्रशासनिक केन्द्र तोक्न नसक्दा नगरपलिका भाडाको घरमा बस्दै आएको छ। मेरो पहिलो काम नगरपालिकाको विवादित प्रशासनिक केन्द्र तोकेर प्रशासनिक भवन बनाउने हुनेछ। त्यसपछि मात्र अन्य विकासका काम अघि बढ्छन्’, उनले भने, ‘सबै पक्षको सल्लाह र सहयोगमा हामी जनताको पक्षमा काम गर्नेछौं।’

सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खड्काले नवर्तमान नगरप्रमुख लालबहादुर महतारालाई पराजित गरेका थिए। गत स्थानीय निर्वाचनमा एमालेका महताराले खड्कालाई पराजित गरेका थिए। उपप्रमुखमा सत्तागठबन्धनका तर्फबाट माओवादी केन्द्रका चन्द्रबहादुर थापाले जितेका छन्।

छेडागाड नगरपालिका जाजरकोटका नगरप्रमुख रत्नबहादुर खड्का पदभार ग्रहण गर्दै।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.