‘बुस्ट गर्ने चले, मिठा गीत–संगीत छायामा परे’
बर्दियामा ३९ वर्षअघि जन्मिएका चित्रलाल शर्मा (सीएल शर्मा)लाई १८ वर्षको हुँदासम्म गायक बन्छु भन्ने लागेको थियो । सांगीतिक क्षेत्रमा भविष्य देखेर जब २०५७ सालमा काठमाडौं आए, जीवनले फरक मोड लियो। तर, गायकभन्दा अलिक बढी लोकप्रिय संगीतकारमा भए। गीत लेखनमा पनि उत्तिाकै दक्खल राख्ने शर्माले तीन सयभन्दा बढी गीतमा संगीत भरे। केही गाए र श्रोतादर्शकसम्म पुर्याउन यतिका समय बल गरे ।
सांगीतिक दुनियाँमा घस्रँदै गर्दा संगीतकार आलोकश्रीले तातेताते गराउँदै न्यू वज्राचार्यको डोरेमी संगीत पाठशालामा पुर्याउँदा आवाज र कलालाई तिखार्ने मौका पाए । तर, गाउनभन्दा संगीत सिर्जनामा दौडको गति बढ्यो। क्यासेटको रिलमा संगीत र आवाज भरेर बजार पठाउने समयदेखि युट्युबमा हालेर बुस्ट गर्ने जमानासम्म हार्मोनियमको सुर र गितारको तार माभ्mदैछन्। तर, २० वर्षसम्म संगीतलाई कुँदेर श्रोतामा पुर्याउँदा पनि आफैंलाई अझै हराएको महसुस गर्छन् उनी। भन्छन्, ‘चर्चा कमाउने उमेर मेरो अझै आएको छैन होला र त यो भएको ।’ तर, हार भने मानेका छैनन् । संगीतको पहिलो अक्षर ‘एम’लाई आफ्नो ब्लडग्रुप मान्ने उनै संगीतकार शर्मासँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी ।
दुई दशकदेखि सांगीतिक क्षेत्रलाई अगाल्नुभएको छ। कसरी प्रवेश गर्नुभयो ?
रेडियो नेपालका गीत धेरै सुन्थेँ। नारायणगोल दाइको गीत धेरै सुनें र गाएँ पनि। म ९÷१० कक्षामा पढ्दा विद्यालयमा गीत गाउँथें। गाउँमा गुनगुनाउँथें। शिक्षक, शिक्षिकाको प्रोत्साहन पनि धेरै पाएँ। जब मैले कक्षा १२ गाउँमा नै पास गरें, त्यसपछि २०५७ सालमा काठमाडौं छिरेँ। मैले औपचारिक रूपमा डोरेमी संगीत पाठशालामा संगीत सिकेँ। त्यो निजी थियो। मैले ताहाचलमा पनि संगीत अध्ययन गरेँ।
काठमाडौं आउनुको उद्देश्य संगीत सिक्न मात्रै थियो कि अन्य केही ?
मेरो लक्ष्य भनेकै संगीतमा केही गर्छु भन्ने थियो। त्यसको साथै औपचारिक शिक्षा पनि लिनु थियो। अनि काठमाडौंमा नै आएपछि केही गर्न सकिन्छ भन्ने भनाइ थियो गाउँमा। यी सबै कुराको मिश्रण मेरो मनस्थितिमा पनि पर्यो। म त्यहीँ सपना बोकेर यो काठमाडौंमा छिरेको हुँ।
काठमाडौंलाई सपनाको सहर पनि भन्छन्। तपाईं पनि सपना बोकेर नै आउनुभयो। अहिले के लाग्छ सपना पूरा हुँदैछ ?
सपना देखेर मात्रै पूरा हुँदैन। सपनाको लागि मिहेनत पनि चाहियो। त्यहीअनुसारको सर्कल पनि चाहिने रहेछ। त्यहीँअनुसारको ठाउँ पनि चाहिन्छ भन्ने थाहा भयो। तर, म अहिले आफैंलाई बेलाबेला केलाउँछु। ओल्टाइ,पल्टाइ हेर्छु। मैले सपना देखेँ, मिहेनत गरे। तर, मिहेनत गरेअनुसारको ठाउँ पाइन जस्तो लाग्छ आजकल। या मलाई ठाउँले चिनेन, कि मैले ठाउँलाई चिनिन अझै दोधार छ। म कहाँ छु वा के कुरामा जाम भएर बसेको छु ? आज म आफैंलाई प्रश्न गरिरहेको छु।
किन सपना काठमाडौंमा नै देख्नुपर्छ ? यहाँ आएर सपनाको सागरमा डुब्ने पनि त छन् हैन र ?
काठमाडौं नेपालको राजधानी बन्यो। राज्यसक्ता चलाउनेदेखि हरेक कुराको नीति, नियम र निर्माणको थलो पनि काठमाडौं नै बन्यो। यहाँ आएर आफ्नो क्षमता देखाएपछि मात्रै नेपालले चिन्छ भन्ने भान सबैमा छ। पहिले जे कुरा पनि काठमाडौंको हेरिन्छ। त्यसैले पनि हो यो सपनाको सहर बनेको। संगीतको कुरा गर्दा मोफसलमा पनि रेकर्डिङ स्टुडियो खुलेका छन्। तर, प्रोफेसनल रूपमा काम गर्दा वाद्यवादनदेखि हरेक कुरा काठमाडौंमा धेरै छन्। जानकार धेरै यहाँ बस्छन्। र सिक्न अनि व्यावसायिक रूपमा गर्न यहाँ सहज छ। यो पनि अर्को कारण हो। सबै कुरा एकै ठाउँमा जुटाउन सहज हुने भएकाले पनि अहिले सपना देख्न मात्रै होइन, काम गर्न पनि काठमाडौं नै आउनु पर्छ।
यो महासागरलाई चिन्नु पनि भएको छ। तर, आफैंलाई यहाँ पौडन सकस भएको हो ?
यहाँ हराउन पनि सकिन्छ। र, तैरन पनि। यसो हुनुमा एउटा आर्थिक कुरा पनि हो। यो पाटो मजबुत भयो भने चाँडै तैरने ठाउँ पनि हो। म ‘ग्रास’ लेबलबाट आएको मान्छे हुँ। त्यसैले समयमा उठ्न सकिनँ पनि। अझै पनि संघर्ष गरिरहेको छु। घर परिवार धान्नेदेखि दैनिकी गुजारा चलाउन पनि मैले काम गर्नुपर्ने भयो। भाइलाई पढाउनेदेखि हरेक कुरा घरको जेठो छोरा भएपछि पूरा गर्नु नै थियो। त्यो परस्थितिले पनि मलाई यो क्षेत्रमा जति दौडनु थियो, त्यो गर्न सकिरहेको छैन जस्तो लागेको छ।
आफैंले गरेका राम्रा सिर्जना छायामा पर्दा के कारण यस्तो भयो होला जस्तो लाग्छ ?
मैले धेरै पहिले संगीत दिएको गीत हो (गाउँदै) :
अनमिएर, तिमी चढ्ने डोली कसको होला,
तिमीलाई बसमा पार्ने बोली कसको होला,
बोली कसको होला।
यो गीतमा शब्द सुवास गौतमको हो। धेरै मिहेनत गरेर संगीत दिएको थिएँ। अलि चल्यो पनि । तर, सुन्ने ठाउँसम्म नपुगेको हो। त्यो समय अहिले जस्तो सामाजिक सञ्जालको यत्रो प्रभाव थिएन। बुस्टको जमाना थिएन। अहिले चल्नलाई प्रोमोसन गर्नुपर्छ। पहिले नै धेरै पैसा पेल्नुपर्छ। श्रोता, दर्शकसम्म पुर्याउन हम्मेहम्मे छ। फाइदा कम छ। मेरा गीतहरू प्रोमोसनका हिसाबमा धेरै छायामा परेका छन्।
राम्रा शब्द, र संगीत भएका गीतहरू हराउनुको कारण अरू के देख्नुहुन्छ ?
समय प्रविधिको छ। दर्शक श्र्रोतासम्म पुर्याउने धेरै कुराको सहारा लिनुपर्छ। आजकल मान्छे गीत सुन्ने भन्दा पनि हेर्ने गर्छन्। अडियो त आफैंमा राम्रो हुनैपर्छ। तर, भिडियो बनाउँदा राम्रा कलाकारलाई लिन सकिएन भने ती राम्रा शब्द भएका गीत हराउन थालेका छन्। यो एउटा कारण हो। तर, कहिलेकाहीँ शब्द गज्जबको नभएका तर, भिडियो राम्रो भए पनि नचलेका उदाहरण त छन्। यो केही होला। अहिले भिडियोमा पनि चलेका कलाकार ल्याउनुपर्छ। उहाँहरूलाई ल्याउन रकम धेरै तिर्नुपर्छ। राम्रो शब्द लेख्ने र संगीत दिनेले त्यो गर्न सकेनन् भने ती गीत हराउँछन्। छायामा पर्छन्।
हामी के बुझ्न सक्छौं, पछिल्लो समय दर्शक, श्रोताले शब्दभन्दा भिडियोलाई बढी प्राथमिकता दिए वा खोजे हुन् ?
त्यो पनि हो। तर, सिर्जना आफैंमा राम्रा नभए ती भिडियो पनि चल्दैन। जस्तै १५ लाख खर्च गरेका भिडियो पनि नचलेको हामीलाई थाहा छ। मैले पनि ‘कस्तो सुहाएको’ भन्ने गीत मेरो शब्द संगीतमा तयार पारेँ। चलेका कलाकारलाई खेलायौं पनि। बुस्ट गर्नेदेखि सबै काम भरपुर भयो। राम्रै च्यानलबाट पनि सार्वजनिक गरेका थियौँ।
काठमाडौं नेपालको राजधानी बन्यो। राज्यसत्ताा चलाउनेदेखि हरेक कुराको नीति, नियम र निर्माणको थलो पनि काठमाडौं नै बन्यो। यहाँ आएर आफ्नो क्षमता देखाएपछि मात्रै नेपालले चिन्छ भन्ने भान सबैमा छ। पहिले जे कुरा पनि काठमाडौंको हेरिन्छ। त्यसैले पनि हो यो सपनाको सहर बनेको।
ट्रेन्डिङमा पनि टप १० सम्म ल्याउन सफल भयौं। तर, त्यसपछि सुन्ने क्रम घट्यो। यो भनेकै सदाबहार शब्द नहुनु हो। अहिले पनि नारायणगोपालका गीत किन चलेभन्दा त्यो त शब्द सिर्जना नै हो। तर, ठूलो समुदाय अथवा सामाजिक सञ्जालको पहुँचमा भएकाहरूले भिडियो हेर्छन्। त्यसैले भिडियोसँगै शब्द पनि दमदार चाहिन्छ भन्छु म।
सांगीतिक दुनियाँमा परिवर्तन निरन्तर छ। यो क्षेत्र गाह्रो भएर पलायन हुने पनि छन्। तपाईंलाई त्यस्तो अवस्था आएन ?
मैले संगीतको क्षेत्र नै त्याग्नुपर्ने अवस्था त आएको छैन। मेरो ब्लड ग्रुप के हो भनेर भने भने म त ‘एम’ भन्छु। यो संगीतको पहिलो अक्षर हो। म कुनै पनि हालतमा यसबाट पलायन त हुँदिनँ। तर, मैले बीचमा चाहिँ पारिवारिक कारणले गर्दा बिदेसिनु परेको थियो। त्यो मेरो पारिवारिक अवस्थालाई मजबुत बनाउनुपर्ने समय हो। म कोरियाका लागि नाम निकालेर काम गर्न गएँ। ४–५ वर्ष मेरो ग्याप त भयो। त्यो समय मैले बजारमा आउने गरी गीतमा संगीत दिने काम त गरिनँ। तर, नेपालबाट नै सानो ८ किलोको हार्माेनियम लिएर कोरिया गएको थिएँ। काम गरेर बाँकी समय म गीत गाउँथें। नयाँ संगीत खोज्थेँ। असनमा हार्माेनियम बनाउने हरेरामजीले बनाएको हार्मोनीले मैले कोरियामा संगीतलाई निरन्तरता दिएको थिएँ।
गीत लेखेर, संगीत भरेर वा गाएर परिवारको आर्थिक अवस्था मजबुत बनाउन सकिन्न ?
आम्दानी त गर्न सकिन्छ। तर, हाम्रो देश सानु छ। अहिले गीत, संगीतको माध्यमबाट आम्दानी गर्ने भनेकै युट्युबबाट हो। यो नेपाली माध्यम होइन। अन्तर्राष्ट्रिय प्लेटफममा हामी पस्दा त्यसलाई व्यवस्थित गर्न सक्दैनौं। अहिले यो माध्यमलाई व्यवसाय बनाएकाले भ्युज जाने र भाइरल हुने कन्टेन खोज्छन्। गीत खोज्छन्। त्यसकारण राम्रो चलेका च्यानलले सबै स्रष्टालाई प्राथमिकता दिएका पनि हुँदैनन्।
र, अर्को कुरा गीत प्रोमोट गर्न चलेका युट्युब, टिकटक वा अन्य सामाजिक सञ्जाल प्रयोगकर्ता चाहिन्छ। उहाँहरू पनि सबैको पहुँचमा हुनुहुन्न। त्यसैले यहाँ प्रतिस्पर्धा गर्न नै पैसा चाहिने भएकाले यो क्षेत्र महँगो बनेको छ। अनि पलायन पनि भएका हुन्। तर, मिहेनत गरेकाहरू त एउटा गीतबाट नै करोडौं कमाउन सफल त हुनुभएको पनि छ।
अहिले दैनिकी चलाउन तपाईंलाई सहज छ ? पुनः विदेश त जानु पर्दैन नि ?
दाल, भात, तरकारी खान पुगेकै छ। तर, कहिलेकाहीँ धेरै समय गुमाए जस्तो पनि लाग्छ। मेरा धेरै साथी अन्य क्षेत्रमा लागेर धेरै कमाएका छन्। राम्रो पदमा पुगेका छन्। तर, मलाई त संगीत नै मन परेर होला यसमा आम्दानी अन्य पेसा जस्तो गज्जब त छैन, तर, पेट पाल्न र मनलाई सन्तोष राख्न सकेको छु।
अहिलेको पुस्ता छिटोछिटो हिट हुनुपर्यो भन्ने खालका धेरै हुनुहुन्छ। कुनै पनि क्षेत्रमा साधना बढी गर्नैपर्छ। यो क्षेत्र त झनै अध्ययनसँगै साधना गर्नुपर्ने र मिहेनतको फल पर्खनुपर्ने स्थान भएकाले धैर्य अवश्य चाहिन्छ। त्यो चाहिँ मैले अलिक कम पाएको छु। तर, केही गरौं भनेर आउनेको संख्या पनि कम छैन।
बेलाबेला पीडा पनि हुन्छ। तर, त्यो पीडा सिर्जना नचलेर हो। आम्दानी नभएर होइन। यतिका मिहेनत गर्दा पनि किन चल्दैन भन्ने लाग्छ। बजार सोच्छु। दर्शक र श्रोताको रोजाइ खोज्छु। अनेक उपाय गर्दा पनि अचम्म लाग्छ किन यस्तो भयो भन्ने। अहिले मलाई दैनिकी चलाउन भने पीर छैन।
राजनीतिक गतिरोधले सांगीतिक दुनियाँलाई असर गर्छ ?
मज्जाले गर्छ। किनकि यो दुनियाँमा लाग्नेले द्वन्द्वकालमा धेरै दुःख पाएका छन्। मैले पनि पाएँ। खुलेर गीत गाउने वा बजाउने अवस्था थिएन। राजनीति गर्ने नेता सक्षम नहुँदा नीति राम्रो बन्दैन। गीत, संगीतलाई प्रोमोट गर्ने र स्रष्टालाई सम्मान गर्ने नीति नै छैन। कि त पार्टीको झण्डा बोकेर हिँड्नु पर्यो। राजनीतिक दलकै कारण हुने बन्द–हडताल र गलत निर्णयले धेरैको व्यवसायमा समस्या पनि पर्न सक्छ। त्यो सांगीतिक दुनियाँमा
पनि परेको छ।
कोरोना महामारीले त झनै असर पार्यो है ?
कोभिडले गीत गाउनेलाई असर पार्यो। तर, म संगीत पनि गर्ने भएकाले मलाई चाहिँ असर पारेन। किनभने मैले कोभिडको पहिलो लहर आउँदा नै १५ वटा गीतमा संगीत भरेको थिएँ। त्यो १५ वटा गीतले मलाई एक वर्ष पुगेको थियो। भित्र बसेर नै गर्ने काम भएकाले पहिलो चरणमा पैसा भएकाले र सामान्य गीत लेख्न जान्नेले पनि संगीत गर्न दिए। तर, त्यसपछि धेरैको आर्थिक अवस्था कमजोर भयो। अनि दोस्रो चरणमा भने केही समस्या भने परेको हो।
नयाँ पुस्ता पनि यो क्षेत्रमा आइरहेका छन्। नयाँ पुस्ताले यो क्षेत्रलाई कसरी हेरेको पाउनु भएको छ ?
अहिलेको पुस्ता छिटोछिटो हिट हुनुपर्यो भन्ने खालका धेरै हुनुहुन्छ। कुनै पनि क्षेत्रमा साधना बढी गर्नैपर्छ। यो क्षेत्र त झनै अध्ययनसँगै साधना गर्नुपर्ने र मिहेनतको फल पर्खनुपर्ने स्थान भएकाले धैर्य अवश्य चाहिन्छ। त्यो चाहिँ मैले अलिक कम पाएको छु। तर, केही गरौं भनेर आउनेको संख्या पनि कम छैन। यो क्षेत्रमा केही गर्ने हो भने सिकेर र मिहेनत गरेर आउने हो।
तपाईंले समयअनुकूल प्रमोसनमा ध्यान नदिनु भएको त होइन ?
आजकल टिकटकबाट पनि धेरै गीतको प्रोमोसन हुन्छ। चलेका टिकटकलाई हात जोड्न पुगेको छैन। राम्रा सिर्जना तयार भएपछि प्रोमोसन नभएर पनि हो नचलेको। मलाई टिकटक बनाउन मन पर्दैन। फेरि यो प्रोमोसन गर्ने ठाउँ पनि परिवर्तन भइरहन्छ। अहिले सामाजिक सञ्जाल शक्तिशाली छ। जुन प्रोमोसन भयो त्यो नै भाइरल हुन्छ। म त्यो कुरामा कमजोर पनि हुन सक्छु। तर, सकेको जति त गरेकै छु जस्तो लाग्छ। म सिर्जना राम्रो दिन मात्रै लागेँ। भाइरल हुन खोजिनँ। भाइरल हुनको लागि शब्दमा गतिछाडिँन। अश्लीलता खोजिनँ। म क्यासेटको रिलमा गीत भरेर आएको मान्छे, शब्दमा दम खोजेको लेखक र मन छुने संगीत निकाल्ने संगीतकार हुँ। अहिलेको प्रोमोसन स्टायल मलाई नपचेर पनि म छायामा परेको हुन सुक्छु।
सांगीतिक क्षेत्रमा रोयल्टीको विवाद पनि छ। यसले पनि तपाईंहरूजस्ता स्रष्टालाई समस्यामा पार्यो नि है ?
रोयल्टी संकलन समाजले पनि यो मुद्दामा धेरै संघर्ष गरेको थियो। तर, जबसम्म सरकारले यो विषयमा मजबुत कानुन बनाउँदैन। यो विषयलाई गम्भीर विषय हो भनेर सोच्दैन। हामी सर्जकले मात्रै लडेर केही नहुने अवस्था आएको छ। नेपालमा कपिराइटको कानुन दह्रो भएन। युट्युबलगायत सामाजिक सञ्जालको कार्यालय नेपालमा छैन। त्यहाँ राम्रो पहुँच स्रष्टाको छैन। त्यसैले पनि यो विषयमा युद्ध गर्न गाह्रो भइरहेको छ। कुनै दिन समय आउला। अर्काको सम्पत्ति त सहजै कसैलाई पच्दैन नि। अब यो रोयल्टी पनि कसले कति पाउने भन्ने स्पष्ट नियम कानुन बन्न आवश्यक छ।
पछिल्लो समय सांगीतिक दुनियाँमा अलि बिकृति पनि भित्रिएका छ नि। हिट हुने नाममा गीतका शब्द भद्दा बनाउने अश्लील शब्द र भाव प्रयोग हुन्छ। यो ठिक हो ?
यो समस्या हो। भाइरल भनेको खहरे खोला हो। ह्वातै आएर केही हुँदैन। अनि यसले समाजमा नकारात्मक प्रभाव पनि पारेको हुन्छ। यो राम्रो पक्ष होइन। सांगीतिक दुनियाँ सदाबहार हुनुपर्छ।
यहाँ हराउन पनि सकिन्छ। र, तैरन पनि। यसो हुनुमा एउटा आर्थिक कुरा पनि हो। यो पाटो मजबुत भयो भने चाँडै तैरने ठाउँ पनि हो। म ‘ग्रास’ लेबलबाट आएको मान्छे हुँ। त्यसैले समयमा उठ्न सकिनँ पनि। अझै पनि संघर्ष गरिरहेको छु।
समाजलाई यसको माध्यमबाट शिक्षा पनि दिनुपर्छ। त्यसैले यो गर्नु बिल्कुल राम्रो पक्ष मान्दिनँ म। ठिक होइन। यो विषयलाई स्रष्टाले गम्भीरताका साथ लिनुपर्छ।
सांगीतिक क्षेत्रमा दुई दशक पार गरिरहँदा आफैंलाई सबैभन्दा बढी खुसी लागेको क्षण कुन छ ?
म सुरुमा काठमाडौं आउँदा संगीतकार आलोकश्री दाइसँग भेट भयो। म गुञ्जन रेकडिङ स्टुडियोमा पुगेँ। म गाउँछु भनेर काठमाडौं आएको संगीतकार बन्न पुगेँ। त्यो समय आलोक दाइले न्यू बज्राचार्य दाइको डोरेमी संगीत पाठशालामा जति सिक्छौं, तिमीलाई फ्रि स्करलसिपमा सिक भनेर भन्नुभयो। त्यो पल चाहिँ म धेरै खुसी भएको क्षण हो। अर्को संगीतभन्दा फरक चाहिँ, मैले जब कोरिया भाषा पढेँ र परीक्षा दिएँ नाम निस्किएको क्षण म धेरै खुसी थिएँ।
दुःखको क्षण पनि त होला ?
त्यो त कति, कति। तर, म आफैं दुःखी मान्छे होइन। २० वर्षमा मान्छे कहाँ पुग्छ पुग्छ नि। तर, म अहिले हार मानेको छैन। दुःखी हुनु हो भने त कुनै पनि ठाउँमा केही गर्न नै सकिन्न नि है ? राम्रो मिहेनत गरेको सिर्जना नचल्दा दुःख लाग्छ। तर, म आफैं मन बुझाउँछु। के थाहा मलाई हिट हुने समय नै आएको छैन कि ? त्यसैले दुःख धेरै भए पनि त्यसलाई गनेर राखेको छैन। म दुःख पालेर बस्दिनँ। मिहेनतमा विश्वास गर्नेलाई
दुःख सामान्य लाग्छ।
नयाँ पुस्तालाई के सुझाव छ ?
अहिले यो क्षेत्रमा गर्न सक्ने ठाउँ प्रशस्त छन्। सस्तोमा गीत निकाल्न सकिन्छ। राम्रो प्रविधि पनि अएको छ। मिहेनत गर्नुहोस्। चाँडै फलको आशा गर्नेभन्दा पनि आफूलाई यो क्षेत्रमा अब्बल बनाउनुभयो भने हामीले जस्तो दुःख भोग्नु पर्दैन भन्छु।
शब्द, संगीत र गायन तीनै कुरामा हात हाल्नुभएको छ। अब कुन कुरालाई प्राथमिकता दिनुहुन्छ ?
मलाई संगीतकार भनेर चिनिन्छु। गाउँछु पनि, लेख्छु पनि। म साहित्यको विद्यार्थी पनि हो। तर, म विशुद्ध संगीतकार हुँ। म बाँकी समय पनि बढी प्राथमिकता संगीतलाई नै दिन्छु।
धेरै गीत छन्। तपाईंलाई नै मन छोएका गीत कुन कुन सम्झनुहुन्छ ?
धेरै छन्, त्यसमध्ये टप सेभेन छान्दा अन्मिएर तिमी चढ्ने डोली कसको होला, अधरमा फूलको, भन्देऊ हजुर, कस्तो सुहाएको, रेसमैको डोरी, राधाप्यारी र शीतल शीतल हुन्। म आजकल पनि यी गीत धेरै गुनगुनाउँछु।