द्वन्द्वकालीन विद्युत बक्यौता : २३ लाख १८ हजारभन्दा बढी महशुल उठ्यो

द्वन्द्वकालीन विद्युत बक्यौता : २३ लाख १८ हजारभन्दा बढी महशुल उठ्यो

रसुवा : रसुवामा डेढ वर्षमा जनयुद्धको समयको २३ लाख १८ हजारभन्दा बढी विद्युतको बक्यौता भुक्तानी भएको छ। नेपाल विद्युत् प्राधिकरण धुन्चे वितरण केन्द्रले गत आर्थिक वर्ष २०७७/७८ को पौषदेखि हालसम्म २३ लाख १८ हजार ३ सय ३९ रुपैयाँ असुल उपर गरेको छ। 

जिल्लामा ७ सय १४ ग्राहकबाट उक्त रकम संकलन गरिएको हो। केन्द्रले ७ सय ६५ जनाबाट बक्यौता उठाउन पर्ने थियो। अब ५१ जना ग्राहकबाट २ लाख ५३ हजार ४ सय ५ रुपैयाँ असुल गर्न बाँकी रहेको केन्द्रका प्रशासन प्रमुख एवं सूचना अधिकारी दीपरमण अधिकारीले बताए। उनका अनुसार बसाइँसराई गरेर गएको, केही मिटरहरू नभेटिएको, केही मिटरहरू भूकम्पले पुरिएको पाइएको छ। 

केही मिटरहरू नुवाकोट वितरण केन्द्रबाट हस्तान्तरण हुँदा धुन्चे वितरण केन्द्रमा देखिएको तर हालसम्म नुवाकोट वितरण केन्द्रकै कार्यक्षेत्रमा रहेको उनले बताए। उक्त महशुल द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले सरकारले मिनाहा गर्छ भुक्तानी गर्नु पर्दैन भनेकोले विद्युतका ग्राहकहरुले महशुल भुक्तानी गरेका थिएनन्। तर द्वन्द्व समाप्ती पश्चातको सरकारले सो रकम मिनाहा नगरेका कारण विद्युत प्राधिकरण महशुल असुल गर्न अग्रसर भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.