नुवाकोटको वेलकोटगढीमा गठबन्धनका उम्मेदवार विजयी

नुवाकोटको वेलकोटगढीमा गठबन्धनका उम्मेदवार विजयी

नुवाकोट : नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिकाको नेतृत्व परिवर्तन भएको छ। स्थानीयतह सदस्यका लागि भएको निर्वाचनमा बेलकोटगढीको मेयर र उपमेयरसहित अधिकांश पदमा कांग्रेस-माओवादी गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन्।

 
२०७३ सालमा मात्रै नगरपालिका घोषणा भएको वेलकोटगढीमा साविकको वेलकोट, मदानपुर, जिलिङ, रातमाटे, दुइपीपल, कुमरीलगायतका स्थान समेटेर नगरपालिका बनाइएको हो।
 
सो नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा मेयरमा नेकपा एमालेले विजय प्राप्त गरेको थियो। हाल गठवन्धनले  २५ वर्षपछि नेकपा एमालेको किल्ला कव्जा गरेको छ। 

वेलकोटगढीको मेयरमा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। बेलकोटगढीको मेयरमा माओवादी केन्द्रका उम्मेदवार जगतबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपमेयरमा कांग्रेसका उम्मेदवार शिवप्रसाद दाहाल विजयी भएका हुन्।

निर्वाचन कार्यालयका अनुसार बेलकोटगढी नगरपालिकामा खसेको २४ हजार आठसय ६१ मतमध्ये मेयरमा निर्वाचित माओवादी केन्द्रका उम्मेदवार गुरुङले १३ हजार २ सय २२ मत ल्याएर निर्वाचित भएका हुन्।

उनले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार राजेन्द्ररमण खनाललाई ६ हजार ४ सय २८ को फराकिलो मतान्तरले पराजित गरेका हुन्। पराजित खनालले ६ हजार ७ सय ९४ मत ल्याएका छन्।

यस्तै उपमेयरमा निर्वाचित कांग्रेसका उम्मेदवार शिव दाहालले १० हजार ७ सय ६६ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी उम्मेदवार रुपा सापकोटाले ७ हजार २ सय ७४ मत ल्याएकी छन्।

नुवाकोटको बेलकोटगढीमा सरकारमा रहेका माओवादी र कांग्रेसबीच मुख्य पदमा गठबन्धन भएको थियो। सत्तामा रहेको नेकपा एकीकृत समाजवादीले वेलकोटगढीमा नेतृत्व आफूले पाउनु पर्ने माग गरेपनि छुट्टाछुट्टै रुपमा निर्वाचनमा गएका थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.