धरानमा साकेला सिली प्रदर्शन [फोटो फिचर]
धरान : धरान उपमहानगरपालिकाको भानुचोकमा किरात राइहरुले भब्य साकेला सिली प्रदर्शनी गरेका छन्। प्रकृतिपुजक किरात राइहरुले उभौलीको अवसरमा कुल पितृको पूजा गर्दै साकेला सिली प्रदर्शनी गरेका हुन्।
साकेलालाई महान चाँडका रुपमा मनाउँदै आएका किरात राइहरु आफन्त भेला भएर यो पर्व मनाउदैँ आएका छन्। साकेलाको अवसरमा पितृको सम्झना गर्दै भलबाढी नआओस, अन्नबाली सप्रियोस, प्राकृति प्रकोप नओस भनि कामना गर्दै साकेला पर्व मनाउने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राइले बताए। साकेला प्रदर्शनीमा भेला भएका किरात राइहरुले प्रदेश १ को नाम किरात राख्न माग गरेका छन्।
बैशाख पुर्णिमाका दिनदेकी धोल झ्याम्टाको तलामा सै ढोले सै अर्को ढोले खै भन्दै साकेला नाच्ने किरात राइहरुले रागा, सुँगुर, कुखुरा काटेर माऔ र मादक पदार्थ सेवन गर्दै रमाइलो गर्ने किरात राई यायोक्खा सुनसरीका सहसचिब रमेश राईले बताए। उनले यो बेला कुल कुटुम्बा आफन्त सबै भेला भएर साकेला मनाउने गरेको बताए।
अबको १५ दिनसम्म किरात राई बाहुल क्षेत्र पूर्वी पहाडी जिल्ला खोटाङ, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, उदयपुर, धनकुटा, इलाम, संखुवासभा, ताप्लेजुङ र पाँचथर ढोलझ्याम्टाको तालमा गुन्जयमान हुनेछ।