कार्यभार सम्हाले बर्दियाका जनप्रतिनिधिले

कार्यभार सम्हाले बर्दियाका जनप्रतिनिधिले

गुलरिया : स्थानीय तह निर्वाचन पश्चात बर्दियामा मतगणना कार्य सकिएको छ। मतगणना सकिएसँगै शपथ लिएका जनप्रतिनिधिहरुले पालिकाहरुमा शुक्रबारदेखि कार्यभार सम्हालेका छन्। पालिका प्रमुखहरुले कार्यभार सम्हाल्दै गर्दा आआफ्ना महत्वपूर्ण घोषणासमेत गरेका छन्।

बर्दियामा नेपाली कांग्रेसले वर्चश्व कायम गरेको छ। अघिल्लो निर्वाचनमा ३/३ वटा पालिका विजेता एमाले र माओवादी केन्द्र यस पटकको निर्वाचनमा खुम्चिएका छन्। एमालेले बाँसगढी नगरपालिका जोगाएको छ। माओवादीले बारबर्दिया र मधुवन नगरपालिका गुमाएको छ। कांग्रेसले मधुवन, ठाकुरबाबा, बारबर्दिया नगरपालिका थपेको छ।

अघिल्लो निर्वाचनमा माओवादीले जित सुनिश्चित गरेका बारबर्दिया, मधुवन नगरपालिका र एमालेले जितेको ठाकुरबाबा नगरपालिका यस पटक कांग्रेसले जितेको छ। गुलरिया नगरपालिका र गेरुवा गाउँपालिका कांग्रेसले आफ्नो पोल्टामै राखेको छ। समग्र जिल्लाका ८ वटा पालिका मध्ये  कांग्रेसले ५ वटा प्रमुख, ४ वटा उपप्रमुख पद जितेको छ। बर्दियाको ७५ वटा वार्ड मध्ये कांग्रेसले ३२ वटा वडा अध्यक्ष जितेको हो।

 
माओवादी केन्द्रले राजापुर नगरपालिका र बढैयाताल गाउँपालिका जितेको छ। जिल्लाका २ वटा प्रमुख, एउटा उपप्रमुख र २० वटा वडामा माओवादीले जित सुनिश्चित गरेको हो। बारबर्दिया नगरपालिका र मधुवन नगरपालिका गुमाएको छ तर बढैयाताल गाउँपालिकामा जित थपेको छ। नेकपा एमालेले ठाकुरबाबा नगरपालिका र बढैयाताल गाउँपालिका गुमाउँदै बाँसगढी नगरपालिका जितेको छ। एमालेले जिल्लामा एउटा प्रमुख ३ वटा उप्रमुख सहित १९ वटा वडाहरु जित्न सफल भएको छ।

बर्दियामा जनता समाजवादी पार्टी, जनमत पार्टीले १/१ वटा वडामा जितेका छन्। स्वतन्त्र उम्मेदवार हरुले २ वटा वडा जितेका हुन्। बर्दियाको सदरमुकाम गुलरिया नगरपालिकाको कांग्रेसका प्रमुख र उप्रमुख विजयी भएका छन्। नेकपा एमालेका अमर बहादुर खड्का र टिका संसेली मगरलाई पराजितगर्दै मुक्तिनाथ यादव र सावित्रा गौतम विजयी भए।  यादवले ७ हजार ९८९ मत प्राप्त गरे। विजेता उपप्रमुख गौतमले ८ हजार २०७ मत प्राप्त गरिन्। एमालेका खड्काले ७ हजार ८११ मत प्राप्त गरे। एमालेकी संसेली मगरले ७ हजार ४६२ मत प्राप्त गरे। 

मधुवन नगरपालिकाको प्रमुख पदमा कांग्रेसका तेजबहादुर भाट र उप्रमुख पदमा अनिता चौधरी विजयी भएका छन्। भाटले ८ हजार ७७५ मत प्राप्त गरे। निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लक्ष्मीप्रसाद शर्माले ७ हजार ९३१ मत प्राप्त गरे। उप्रमुख पदमा कांग्रेसकी चौधरीले ८ हजार ३३५ मत प्राप्त गरी विजयी भएकी छिन्। प्रतिस्पर्धी माओवादी केन्द्रकी शुभद्रा चौधरीले ७ हजार ८९९ मत प्राप्त गरिन्। 

बारबर्दिया नगरपालिकाको प्रमुखमा कांग्रेसका छविलाल थारु र उपप्रमुखमा रत्ना कुमारी पाण्डे विजयी भएका छन्। नगरप्रमुख पदमा थारुले १३ हजार ६ मत र पाण्डेले १२ हजार ४९१ मत प्राप्त गरेकी छिन्। निकटतम प्रतिद्वन्दी नेकपा एमालेका पदम प्रसाद ढकालले १० हजार ३५१ र उपप्रमुख नारायणी चौधरीले १० हजार ८ सय ५५ मत प्राप्त गरेका छन्। 

ठाकुरबाबा नगरपालिकाको नगरप्रमुखमा कांग्रेसका तिलकराम लम्साल र उपप्रमुखमा नेकपा एमालेकी विना भट्टराई विजयी भएका छन्। निकटतम प्रतिद्वन्दी प्रमुखमा माओवादी केन्द्रका नेत्रराज आचार्य र उपप्रमुखमा नेपाली कांग्रेसकी मञ्जुकुमारी चौधरीलाई पराजितगर्दै प्रमुख उपप्रमुख कांग्रेस र एमालेबाट निर्वाचित भएका हुन्। लम्सालले ९ हजार ४२ मत प्राप्त गरे। माओवादीका आचार्यले ६ हजार ८१८ मत प्राप्त गरेका छन्। उपप्रमुख पदकी विजेता एमालेकी भट्टराईले ८ हजार १७६ मत प्राप्त गरी कांग्रेसकी चौधरीलाई ७ हजार ६७४ मतमै समेटिन्। 

गेरुवा गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका जमान सिंह केसी विजयी भएका छन्। पालिकाको सवै वडा अध्यक्ष लगायत उपाध्यक्ष सहित केसी विजयी भएका हुन्। माओवादी केन्द्रका विश्व बहादुर थारुलाई १ हजार ७८ मतले पराजित गर्दै केसीले ७ हजार ६९८ मत प्राप्त गरेका छन्। उपाध्यक्ष पदमा कांग्रेसकी लक्ष्मी कुमारी चौधरीले ७ हजार १५३ मत प्राप्त गरी विजयी भएकी छिन्। उपाध्यक्ष पदमा माओवादी केन्द्रकी लिला चौधरीले ६ हजार ५८३ मत प्राप्त गरिन्।    

बाँसगढी नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका खडक बहादुर खड्का र इन्दिरा चौधरी विजयी भएका छन्। प्रमुखमा माओवादी केन्द्रका भवन कुमार थारु र उपप्रमुखमा कांग्रेसकी आकाश थारुलाई पराजितगर्दै उनीहरुले जितेका हुन्। एमालेका विजयी खड्काले १० हजार ९४७ मत प्राप्त गरे। प्रतिस्पर्धी माओवादीका थारुले ९ हजार ७६३ मत प्राप्त गरेका छन्। उपप्रमुख पदमा एमालेकी चौधरीले ११ हजार ३५ मत प्राप्त गरिन्। प्रतिस्पर्धी नेपाली कांग्रेसकी आकाश थारुले ८ हजार ५१२ मत पाईन्।

राजापुर नगरपालिकाको प्रमुखमा माओवादी केन्द्रका दिपेश थारु र उपप्रमुखमा मनकला कुमारी चौधरी विजयी भएका छन्। नेपाली कांग्रेसका दिपक जंग शाह र यशोदा थारुलाई पराजितगर्दै राजापुरमा माओवादी केन्द्रले जित हात पारेको छ। प्रमुख पदका थारुले ९ हजार ८०७ मत प्राप्त गरेका छन्। शाहले ९ हजार ७६० मत पाए। उप्रमुख पदमा माओवादी केन्द्रकी चौधरीले १० हजार ८६ मत प्राप्त गरी नेपाली कांग्रेसकी यशोदा थारुलाई पराजित गरिन्। कांग्रेसकी थारुले १० हजार मत प्राप्त गरिन। प्रमुख पदमा ४७ मत र उपप्रमुख पदमा ४१ मतको मतान्तर रहेको निर्वाचन अधिकृतको कार्यालय राजापुरले जनाएको छ।

बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका हिमालय त्रिपाठी र उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी अधिकारी विजयी भएका छन्। अध्यक्षमा एमालेका लालबहादुर श्रेष्ठ र उपाध्यक्षमा कांग्रेसकी पवित्रा कुमारी अर्याललाई पराजितगर्दै त्रिपाठी र अधिकारी विजयी बनेका छन्। अध्यक्ष पदमा माओवादी केन्द्रका त्रिपाठीले ९ हजार ३६७ मत प्राप्त गरे। प्रतिस्पर्धी एमालेका लाल बहादुर श्रेष्ठ ८ हजार ३०८ मतमा समेटिए। उपाध्यक्ष पदकी विजेता एमालेकी अधिकारीले ८ हजार ८८५ मत प्राप्त गरीन्। प्रतिस्पर्धी कांग्रेसकी अर्यालले ८ हजार ३१५ मत प्राप्त गरिन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.