गठबन्धनका उम्मेदवार स्वतन्त्रभन्दा ६ हजार बढी मतले पछाडि

गठबन्धनका उम्मेदवार स्वतन्त्रभन्दा ६ हजार बढी मतले पछाडि

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार भन्दा सत्तारुढ गठबन्धनका उम्मेदवार ६ हजार बढी मतले पछाडि परेका छन्। कांग्रेसका बागी उम्मेदवार मनोजकुमार साहभन्दा जनकपुरधाम उपमहानगरपालिकाका निवर्तमान मेयर तथा जनता समाजवादी पार्टीका उम्मेदवार लालकिशोर साह ६ हजार बढी मतले पछाडि छन्। कांग्रेसका बागी उम्मेदवार मनोज साहले सुरुवाती चरणदेखिको अग्रता कायमै राखेका हुन्।

कांग्रेसको तर्फबाट उम्मेदवार बन्न नसकेको स्वतन्त्र उम्मेदवार मनोज साह ८ हजार ४ सय ३६ मतसहित पहिलो स्थानमा छन्। गठबन्धनका उम्मेदवार भने उनीसँग ६ हजार भन्दा बढी मतले पछि छन्। गठबन्धनको तर्फबाट जसपाका लालकिशोर साह मेयरका उम्मेदवार हुन् तर उनी २ हजार ३७३ मतसहित पाँचौ स्थानमा छन्।

दोश्रो स्थानमा नेकपा एमालेका शिवशंकर साह (हिरा) छन्। उनले ५ हजार ८ सय ९५ मत ल्याएका हुन् भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी ३ हजार ४०, स्वतन्त्र उम्मेदवार बलराम महतो २ हजार ५ सय ७५ मत ल्याएका हुन्।

यस्तै स्वतन्त्र उम्मेदवार जानकीराम साह १ हजार ३६६, जनमत पार्टीकी अनिता देवी ८९७, लोकतान्त्रिक समाजवादी पार्टीकी विभा ठाकुर ८९२ मत ल्यएकी हुन्।

यस्तै उपमेयरतर्फ गठबन्धनबाट कांग्रेसका किशोरी साह ९ हजार ४ सय ४५ मतसहित पहिलो स्थानमा रहेका छन्। नेकपा एमालेकी रुणा झा ६ हजार ९ सय ४, लोसपाकी रिता कुमारी मिश्र ३ हजार ५९, स्वतन्त्र उम्मेदवार निर्मल चौधरी २ हजार ४९६, जनमतका संतोष कुमार साह १ हजार ४८, तमलोपाका ईश्वर पंडित कुम्हार ८४५ मत ल्याए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.