पुतलीबजारका प्रमुख रेग्मी र उपप्रमुख अर्यालले गरे पदबहाली

पुतलीबजारका प्रमुख रेग्मी र उपप्रमुख अर्यालले गरे पदबहाली

स्याङ्जा : पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी र उपप्रमुख देवी अर्यालले शुक्रवार पदबहाली गरेका छन्। कार्यालयमा आयोजित पदबहाली कार्यक्रमपछि बोल्दै नगरप्रमुख रेग्मीले नगरबासीको जनमतको कदर गर्दै सुशासनयुक्त नगरपालिका बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरे।

सिमित स्रोत साधनको परिचालन गर्दे नगरको विकास निर्माणमा जुट्नु पर्ने अवस्था रहेको जनाउदै प्रमुख रेग्मीले पहिलो प्राथमिकतामा सुशासनलाई राखेको जनाए। सुशासनयुक्त रहे मात्र भ्रष्टाचारमुक्त हुने र तब, मात्र विकास र समृद्धीले गति लिनेमा उनले जोड दिए।
  

समग्र नगरको विकास र समृद्धीका लागि जनप्रतिनिधि, कर्मचारी र स्थानीयबासीसंगको हातेमालो गर्दै अघि बढ्ने प्रतिवद्धता उनले जनाए। शिक्षा, स्वास्थ्य, रोगजार, युवा स्वरोजगारका कार्यक्रमलाई बढवा दिने उनका भनाई छ।

उनले भने, ‘बिगतका कमीकमजोरी सुधारगर्दे सुखी र समुन्नत नगरबासी बनाउने कार्यमा आजैदेखि जुटुनेछु।’ यसैगरी उपप्रमुख देवी अर्यालले न्यायिक समितिलाई जिम्मेवार बनाई न्यायका पक्ष र महिला सशक्तिकरण र रोजगार कार्यक्रमलाई प्राथमिकता दिने प्रतिवद्धता जनाईन्। 

सबिधानसभा सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जनप्रतिनिधी साझा उम्मेदवार भएको बताउदै निवर्तमान जनप्रतिनिधीका अनुभव र कार्यका बारेमा छलफल र सहकार्य गर्दे नगरको विकास र समृद्धीमा जुट्न सुझाव दिए। 

कार्यक्रममा निवर्तमान कार्यवाहक सभापति कुमार राना, महासमिति सदस्य तुलसी गिरी, प्रवक्ता भरत लम्साल, नेपाली कांगैस नगरसभापति सुरजकुमार अधिकारी, प्रमुख प्रशासकिय अधिकृत रमेश घर्तीलगायतले सुखी समुन्नत पुतलीबजार निर्माणमा सहयोग गर्ने बताए।
 
पदबहालीपछि प्रमुख रेग्मी र उपप्रमुख अर्यालले नगरपालिका परिसरमा सुन्तलाका बिरुवा रोपेका थिए। पुतलीबजार नगरपालिकामा २५ बर्षपछि नेपाली कांग्रेसले स्थानीय तहमा निर्वाचित भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.