जनकपुरधाममा बागी उम्मेदवार मनोज साहको निरन्तर अग्रता, एमाले पछ्याउँदै

जनकपुरधाममा बागी उम्मेदवार मनोज साहको निरन्तर अग्रता, एमाले पछ्याउँदै

जनकपुरधाम  : जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोज कुमार साहले अग्रता कायम राखेका छन् ।

गठबन्धनबाट नेपाली काङ्ग्रेसको तर्फबाट टिकट नपाएपछि बागी उम्मेदवारी दिएर निर्वाचनमा उत्रिएका साहले निरन्तर अग्रता कायम राखेका हुन्।

आइतबार बिहानको मतपरिणाम अनुसार साहले  ९७७४ मत प्राप्त गरेका छन्। निकटतम प्रतिद्वन्दवी एमालेका शिव शंकर साहले  ७६०४, लोसपाका मनोज चौधरीले ३९५८, गठबन्धनका किशोर साहले ३३६१ र स्वतन्त्र उम्मेदवार बलराम महतो  ३०८५ मत ल्याएका छन् । 

यसैगरी उपमेयरमा नेपाली काङ्ग्रेसका किशोरी साहले १०९९५, एमालेको तर्फबाट रुणा देवीझा  ८६६१, लोसपाकी  रिता कुमारी मिश्र ४०९३ र स्वतन्त्र उम्मेदवार निर्मल कुमार चौधरी २ मत प्राप्त गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.