धरानका मेयर हर्कराजलाई निकटतम प्रतिद्वन्दीले दिए डायरी र कलम उपहार

धरानका मेयर हर्कराजलाई निकटतम प्रतिद्वन्दीले दिए डायरी र कलम उपहार

धरान : धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित स्वतन्त्रका हर्कराज राईलाई निकटतम प्रतिद्वन्दी कांग्रेसका किशोर राईले कलम र डायरी उपहार दिएर बधाई ज्ञापन गरेका छन्। किशोरले आफू पराजित भएपनि जनताको मतको कदर गर्दै निर्वाचित मेयरलाई कार्यकाल सफलताको शुभकामना दिएका छन्।

किशोरले अबको पाँच वर्ष धरानको नेतृत्व गर्दै राम्रो काम गर्न सुझाव दिए। उनले चुनावका बेला प्रतिस्पर्धी भएको भएपनि धरानको विकासमा सबै एक भएर लाग्नु पर्नेमा जोड दिए।
 

हर्कराजले किशोरको कलम र डायरी ग्रहण गर्दै आफ्नो कार्यकालमा रचनात्मक सहयोग गर्न किशोरसंग अनुरोध गरेका छन्।
 
दुबै जनाको हार्दिकताले सहभागी सबैले ताली बजाएर दुबैजनालाई साथ दिएका थिए। किशोर हर्कराजसंग ५ हजार बढी मतले पराजित भएका हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.