महोत्तरीमा लोसपा र जसपालाई फाईदा, कांग्रेस-माओवादीलाई घाटा

महोत्तरीमा लोसपा र जसपालाई फाईदा, कांग्रेस-माओवादीलाई घाटा

जनकपुरधाम : महोत्तरीको १५ स्थानीय तह मध्ये पाँचवटा पालिकामा लोकतान्त्रिक समाजवादी पार्टी र जनता समावादी पार्टी, दुई नेपाली कांग्रेस, एक नेपाल कम्युनिष्ट पार्टी एमाले, एक तमलोपा र एकमा स्वतन्त्र उम्मेदवारले विजयी हासिल गरेका छन्।

एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन्। अध्यक्षमा जसपाका दीप नारायण मण्डल ४ हजार ४९९ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका रामछविला साहले २ हजार ४११ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा पनि जसपाकी महजबी खातुन निर्वाचित भएकी छन्। उनले ४ हजार ६७१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रौकसाना खातुनले २ हजार ७६ मत ल्याएकी हुन्। एकडारा गाउँपालिकाको ६ मध्ये ४ वडामा जसपा र २ मा लोसपाका उम्मेदवारहरु जितेका छन्।

औरही नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा लोसपाका प्रदिप कुमार खड्का ६ हजार ६७ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सुनिल कुमार यादवले ५ हजार ७४७ मत पाएका छन्। यादव निवर्तमान मेयर हुन्।

यस्तै उपमेयरमा लोसपाकै रेणु झाले ५ हजार ८०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रेखा यादवले ५ हजार ६०५ मत ल्याएकी हुन्। औरही नगरपालिकाको ९ मध्ये ५ वडामा लोसपा र ४ वडामा कांग्रेसका उम्मेदवार विजयी भएका छन्।

पिपरा गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन्। जसपाका उम्मेदवार रामजानकी यादवले ५ हजार ५८२ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी लोसपाका अमित कुमार पाण्डेयले २ हजार ९७७ मत ल्याएका छन्।

त्यस्तै नेकपा एमालेका विक्रम चौधरीले २ हजार ५४७ मत मात्र ल्याए। उनी निवर्तमान अध्यक्ष हुन्। यस्तै उपाध्यक्षमा जसपाकी वन्दना पाण्डेय निर्वाचित भएकी छन्। उनले ५ हजार ४० मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रविता कुमारीले ३ हजार ६२३ मत ल्याएकी छन्।

त्यस्तै नेकपा एमालेकी ननु कुमारी दासले २ हजार ३४३, नेपाली कांगे्रसकी आशा कुमारी यादवले १ हजार ६३० मत प्राप्त गरेकी छन्। उनी निवर्तमान उपाध्यक्ष थिईन्।

उता बर्दिबास नगरपालिकाको नगरप्रमुख र उपप्रमुख पदमा स्वतन्त्र उम्मेदवारहरुले जित हासिल गरेका छन्। बर्दिबास नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार प्रहलाद कुमार क्षेत्री र उपमेयरमा तारादेवी निर्वाचित भएका छन्। क्षेत्री १४ हजार २१० मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका राजु खड्काले ८ हजार ३२३ मत पाएका छन्।

उपमेयरमा स्वतन्त्र उम्मेदवार तारा देवी ९ हजार ७३६ मत प्राप्त गरी निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी कृष्ण माया गौतमले ८ हजार १८५ प्राप्त गरेकी हुन्।

बलबा नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र नेपाली कांग्रेसका उपमेयर निर्वाचित भएका छन्। मेयरमा लोसपाका राम विजय महतो ५ हजार ७८३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोद कुमार यादवले ४ हजार ६७० मत पाएका छन्। उनी निवर्तमान मेयर हुन्।

यस्तै उपमेयरमा नेपाली कांग्रेसकी रामदुलारी देवी निर्वाचित भएकी छन्। उनले ५ हजार १०८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपाकी रेखा कुमारीले ५ हजार ८१ मत ल्याएकी हुन्।

बलबा नगरपालिकाको ११ मध्ये ४ वडामा कांग्रेस, ३ वडामा जसपा, ३ मा लोसपा र एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन्।

मटिहानी नगरपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा हरिप्रसाद मण्डल पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्। उनले ४ हजार ३ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालका मो. मुजिबुल रहमानले २ हजार ६७४ मत ल्याएका छन्।

उपमेयरमा पनि लोसपाकै मञ्जु देवी निर्वाचित भएकी छन्। उनले ३ हजार ८६४ मत ल्याइन् भने उनका निकटतम प्रतिद्वन्द्वी जसपा नेपालकी जिवछी देवी यादवले २ हजार ७५१ मत ल्याएकी छन्।

मनरा सिस्वा नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। कांग्रेसका मोहन पाण्डे ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका महेन्द्र रायले ४ हजार ९२० मत ल्याएका छन्।

यस्तै उपमेयरमा कांग्रेसकै शकुन्तला देवी निर्वाचित भएकी छन्। उनले ५ हजार ७४५ मत ल्याइन भने उनका निकटतम प्रतिद्वन्द्वी जसपाकी निर्मला कुमारी सिंह देवीले ४ हजार ८४२ मत ल्याएकी हुन्।

महोत्तरीको महोत्तरी गाउँपालिकामा तराई मधेश लोकतान्त्रिक पार्टीका उम्मेदवार अध्यक्ष र जनता समाजवादी पार्टीका उम्मेदवार उपाध्यक्षमा निर्वाचित भएका छन्। गाउँपालिका अध्यक्षमा तमलोपाका दिलिपकुमार पाण्डे निर्वाचित भएका हुन्। उनले २ हजार ३३६ मत ल्याएका हुन् भने उनको निकटतम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका अजयजंग रायले २ हजार २०८ मत ल्याए।

यस्तै उपाध्यक्षमा जसपाकी दिपो देवी पासवान निर्वाचित भएकी छन्। उनले २ हजार ६४ मत ल्याइन् भने उनको निकटतम प्रतिद्वन्द्वी तमलोपाका ललिता देवी साह १ हजार ९९१ मत ल्याइन्। गाउँपालिका अध्यक्षमा पाण्डे निर्वाचित भएसँगै लोकतान्त्रिक समाजवादी पार्टीबाट विभाजित भएर बनेको तमलोपाले पहिलो गाउँपालिका अध्यक्ष पाएको छ।

रामगोपालपुर नगरपालिकामा नेकपा एमालेका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा एमालेका राम दुलार साह ५ हजार ३४९ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका अशोक कुमार मण्डलले ३ हजार ५८६ मत पाएका छन् भने नेपाली कांग्रेसका रघुनाथ प्रसाद यादवले २ हजार ५३३ मत मात्र पाएका छन्।

यस्तै उपमेयरमा पनि एमालेकै रिना देवी यादव निर्वाचित भएकी छन्। उनले ४ हजार २६३ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा देवी कुशवाहाले ३ हजार ४०३ मत ल्याएकी हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रकी सीता देवी साहले ३ हजार २५१ मत पाएकी छन्।

रामगोपालपुर नगरपालिकाको ९ मध्ये ४ मा माओवादी केन्द्र, ३ मा एमाले, १ मा कांग्रेस र १ मा लोसपाका उम्मेदवारहरु जितेका छन्।

लोहारपट्टी नगरपालिकामा नेपाली कांग्रेसका मेयर र उपमेयर निर्वाचित भएका छन्। मेयरमा कांग्रेसका शैलेन्द्र कुमार यादव दोश्रो कार्यकालका लागि पुनः निर्वाचित भएका हुन्। उनले ५ हजार ४२९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालका रामसुहाग यादवले ४ हजार ६७५ मत पाएका छन्।

यस्तै उपमेयरमा कांग्रेसकै सरिता शर्मा निर्वाचित भएकी छन्। उनले ५ हजार २८१ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी लोसपा नेपालकी वहिदा खातुनले ४ हजार १४३ मत ल्याएकी हुन्। उनी निवर्तमान उपमेयर हुन्।

सम्सी गाउँपालिकामा जनता समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन्। अध्यक्षमा जसपाका रामनाथ यादव ३ हजार ८९३ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उत्तिम प्रसाद यादवले २ हजार ५८२ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा पनि जसपाकै अनिता कुमारी निर्वाचित भएकी छन्। उनले ३ हजार २९५ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उर्मिला देवी साहले २ हजार ६८२ मत ल्याएकी हुन्।

सम्सी गाउँपालिकाको ७ मध्ये ३ मा कांग्रेस, १ मा स्वतन्त्र, २ मा जसपामा, १ मा माओवादी केन्द्रका उम्मेदवारहरु जितेका छन्।

महोत्तरीको सोनमा गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष र उपाध्यक्ष निर्वाचित भएका छन्। अध्यक्षमा लोसपाका विशेश्वर प्रसाद यादव ४ हजार १०८ मत ल्याएर निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोखुल राय यादवले २ हजार ९८६ मत पाएका छन्।

यस्तै उपाध्यक्षमा लोसपाकी जहिदा खातुन निर्वाचित भएकी छन्। उनले ३ हजार २९८ मत ल्याएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी रंजिता देवी यादवले ३ हजार २४३ मत ल्याएकी हुन्। त्यस्तै, नेकपा माओवादी केन्द्रका दामोदर प्रसाद साहले ४ हजार ४४० मत मात्र पाउन सकेका छन्।

सोनमा गाउँपालिकाको ८ मध्ये १ वडामा जसपा, ३ मा लोसपा, एकमा जनमत र ३ वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन्।

महोत्तरीको गौशाला नगरपालिकामा माओवादीको किल्ला भत्किएको छ। ०७४ मा अत्याधिक बहुमत साथ मेयर उपमेयर सहित निर्वाचित भएका माओवादीको किल्ला भत्काउन जनता समाजवादी पार्टी नेपाल सफल भएका छन्।

जसपाका दिपेन्द्र महतोले मेयरमा ८ हजार ७९९ मत ल्याई निर्वाचित भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका बिष्णु योञ्जनले ५ हजार ६२७ मत प्राप्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.