जनकपुरधाम उप-महानगरमा माओवादीले खाता खोल्यो
जनकपुरधाम : जनकपुरधाम उप-महानगरपालिकामा माओवादी केन्द्रले खाता खोलेको छ। उपमहानगरपालिकाको वडा नं १७ मा माओवादी केन्द्रका नेता रामवृक्ष यादव वडा अध्यक्षसहित सम्पूर्ण प्यानलमा विजयी भएका छन्। यो जनकपुरधाम उप-महानगरपालिकामा पहिलो जित हो।
माओवादी केन्द्रका नेता रामवृक्ष यादवले १ हजार ५२ मत ल्याएर विजयी भएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। उनका निकटत्तम प्रतिद्वन्द्वी जनता समाजवादी पार्टीका परमेश्वर यादवले ९ सय ९० मत पाएका हुन्।
रामवृक्षले ६२ मतको मतान्तरमा विजयी हासिल गरेको हो। यसै गरी नेपाली कांग्रेसका धर्मेन्द्रकुमार यादवले ९ सय ५२ मत ल्याएका थिए। यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा माओवादी शुन्यमा थियो। यसपटक भने एक वडामा प्यानल सहित निर्वाचित भएको छ।