तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा एमालेको निरन्तर अग्रता
तुलसीपुर : तुलसीपुर उपमहानगरको मेयर र उपमेयरमा नेकपा एमालेले निरन्तर अग्रता कायम गरेको छ। पछिल्लो अद्यावधिक मतगणना अनुसार मेयरका उम्मेदवार नेकपा एमालेका टीकाराम खड्काले २१ हजार १५९ मत प्राप्त गरेका छन्।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गेहेन्द्र गीरीले १९ हजार २८२ मत ल्याएका छन्। खड्काले १ हजार ८७७ मतले लिड गरेका छन्।
यस्तै, उपमेयरमा एमालेकी स्यानी चौधरीले २० हजार ६१३ मत ल्याएकी छिन् भने। एकीकृत नेकपा समाजवादीका जोगबहादुर राणाले १४ हजार २९७ मत ल्याएका छन्। चौधरीले ६ हजार ३१६ मतले लिड गरेकी छिन्।