जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साह विजय नजिक

जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोज साह विजय नजिक

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोज साह जीत नजिक पुगेका छन्। नेपाली कांग्रेसको वागी उम्मेदवारको रुपमा रहेका साहले गृहवडासहित दुईवटा वडाको गणना भइरहँदा मनोजले १२ हजार २८३ मत ल्याएका हुन्। उप-महानगरपालिकामा रहेको २५ वडामध्ये २३ वटा वडाको मतगणना सम्पन्न भएको हो।

उनका निकटत्तम प्रतिद्वन्द्वीको रुपमा नेकपा एमालेका शिवशंकर साहले ९ हजार ३०३ मत ल्याएका छन्। लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरीले ५ हजार १६ मत ल्याएका हुन्। सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीबाट मेयरमा उम्मेदवारी दिएका लालकिशोर साहले ४ हजार ८०६ मतसहित चौथो स्थानमा झरेका छन्। लालकिशोर निवर्तमान मेयर हुन्।

यस्तै, स्वतन्त्र उम्मेदवार निर्माण व्यवसायी बलराम महतो ३ हजार ७३४ मतसहित पाँचौँ स्थानमा रहेका छन्।

उपमेयरतर्फ गठबन्धनको तर्फबाट कांग्रेसबाट उम्मेदवारी दिएका किशोरी साह १४ हजार ८३२ मत पाएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी रुना झा १० हजार ५३४ मतसहित दोस्रो स्थानमा रहेकी छन्। यस्तै, निवर्तमान उपमेयर लोसपाकी रिताकुमारी मिश्र ५ हजार २५४ मतसहित तेस्रो स्थानमा रहेकी छन्। अन्तिम परिणाम अबेर साँझसम्म आउने बताइएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.