अर्घाखाँचीको छत्रदेवले कृषिमा डिप्लोमा गर्न ४० जना विद्यार्थीलाई छात्रवृत्ती दिने

अर्घाखाँचीको छत्रदेवले कृषिमा डिप्लोमा गर्न ४० जना विद्यार्थीलाई छात्रवृत्ती दिने

सन्धिखर्क : अर्घाखाँचीको छत्रदेव गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेका छन्।

मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेबाट शपथ खाएका गाउँपालिकाका अध्यक्ष चन्द्रमान श्रेष्ठले पालिका उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ खुवाएपछि उनीहरुले पदभार सम्हालेका हुन्।

पालिका उपाध्यक्षसहितका जनप्रतिनिधिहरुलाई शपथ खुवाए लगत्तै वैदिक विधिपूर्वक मन्त्रोच्चारणसहित अध्यक्ष चन्द्रमान श्रेष्ठ र उपाध्यक्ष मनी पन्थीले पद बहाल गरे।

पदबहाली गर्दै पालिका अध्यक्ष चन्द्रमान श्रेष्ठले गर्भवती, सुत्केरी र विपन्न नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा दिने प्रतिवद्धता व्यक्त गरे । उनले प्रत्येक वर्ष ४० जना विद्यार्थीलाई पूर्ण छात्रवृत्तीमा कृषि विषयमा डिप्लोमा अध्ययनको व्यवस्‍था गर्ने, न्युनतम विद्युत उपभोग गर्ने घरधुरीमा निशुल्क विद्युतको व्यवस्था गर्ने, वर्षमा कम्तिमा एकपटक निशुल्क स्वास्थ्य शिविरको आयोजना गर्नेलगायतका योजना सार्वजनिक गरे।

उनले एक घर एक धाराको अभियानलाई पूर्णता , लिफ्टिंग खानेपानीको विद्युत महशुलमा ५० प्रतिशत अनुदान, विपन्न नागरिकलाई निशुल्क स्वास्थ विमा उपलब्ध गराउने तथा सडक र अन्य पूर्वाधारको स्तरोन्नति गर्ने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.