पोखरामा एमालेको पकड मानिएको वडामा कांग्रेसको सानदार जित

पोखरामा एमालेको पकड मानिएको वडामा कांग्रेसको सानदार जित

पोखरा : दसकौंदेखि कम्युनिस्ट किल्ला रहेको पोखरा महानगरपालिकाका बहुमत वडामा नेपाली कांग्रेसका वडाध्यक्ष उम्मेदवार विजयी भएका छन् ।

३३ वडा रहेको यो महानगरपालिकाका बहुमत अर्थात् १९ वटा वडामा कांग्रेस विजयी भएको हो ।

मतगणना जारी केही वडामा समेत कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार कांग्रेसले १९ वडामा जित हाँसिल गरेको छ।

एमालेले  ८ वडामा मात्रै अध्यक्ष जितेको छ । ६ वटा वडाको मतगणना जारी छ । 

२०७४ सालको निर्वाचनमा कांग्रेसले ११ वडा मात्र जितेको थियो । एमालेले मेयर उपमेयरसहित २२ वडा जितेको थियो । २०४९ र २०५४ सालदेखि एमालेले जित्दै आएका वडाहरुमा समेत यसपाली कांग्रेसले बाजी मारेको छ ।

एमालेले २०७४ मा जितेका ७, १३, १४, १६, २४, २५, २६, ३० र ३१ नम्बर वडामा यसपालि कांग्रेसले जितेको हो । तीमध्ये पोखरा नगरका पुरानै र कतिपय नगरमा मिसिएका ग्रामीण क्षेत्र पर्ने वडा हुन् । गाविस हुँदा पनि एमालेले 

दसकौंदेखि जितेका ठाउँमा कांग्रेसले सफलता प्राप्त गरेको हो । २०७४ मा आफूले नजितेको वडा नम्बर ६ मात्रै एमालेले यसपालि फर्कायो । तर, पहिलाको जस्तो गरी अरु वडा जित्न सकेन । 

एमालेबाट पोखराको मेयरका उम्मेदवार कृष्ण थापाको वडा नम्बर १६ पनि कांग्रेसले जितेको छ । कांग्रेसको पकड भन्ने गरिएको पोखरा ८ मा अघिल्लो पालिको आफ्नो जितको विरासत एमालेले कायम गर्‍यो । संगठन विभाग प्रमुख खगराज अधिकारीको गृहवडा पोखरा ३१ मा पनि दसकौंदेखिको एमाले विरासतमाथि कांग्रेसले बाजी मारेको छ । 

मतगणनाको पछिल्लो परिणामअनुसार सोमबार मध्यान्हसम्म सत्ता गठबन्धनबाट मेयरका उम्मेदवार नेकपा एसका धनराज आचार्य एमालेका कृष्ण थापाभन्दा ४ हजार मतले अघि छन् । आचार्यको मत ५० हजार ६ सय १२ आएको छ । थापाले ४६ हजार ५ सय ८३ मत ल्याएका छन् । 

उपमेयरमा भने एमालेकी मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन् । गुरुङले ५३ हजार १ सय ७३ मत प्राप्त गरेकी छन् । 

यस्तै, कांग्रेसबाट उपमेयरकी उम्मेदवार कोपिला रानाभाटले मत ४९ हजार ५ सय ८६  प्राप्त गरेकी छन्। एमालेले गुमाएका कतिपय वडामा सदस्यहरुमा पनि कांग्रेसले जित हाँसिल गरेको छ । 

वडा नम्बर ७, १६, २४ र २५ मा वडाध्यक्ष कांग्रेस उम्मेदवारले जित्दा अरु ४ सदस्य एमालेका उम्मेदवार विजयी भएका छन् । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.