रोशी गाउँपालिकाको पहिलो निर्णय : ज्येष्ठ नागरिकालाई निःशुल्क स्वास्थ्य बिमा
काभ्रे : जिल्लाको रोशी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश लामा र उपाध्यक्ष मिम बहादुर वाईवाले सोमबार पदभार ग्रहण गरेका छन्।
सोमबार पालिका अध्यक्ष र उपाध्यक्षले पदभार ग्रहणसंगै पहिलो निर्णय जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य बिमा गर्ने निर्णय गरिएको पालिका अध्यक्ष लामाले अन्नपूर्णलाई जानकारी दिए।
रोशी गाउँपालिका भित्र रहेका ६० वर्षभन्दा माथिको ज्येष्ठ नागरिकालाइ निःशुल्क स्वास्थ बिमा गर्ने पहिलो निर्णय गरिएको छ।
रोशीमा ३ हजार २ सयभन्दा बढी जेष्ठ नगारिकहरु छन्। उनीहरुको स्वास्थको नजर गर्दै निःशुल्का बिमा गर्ने पहिलो निर्णय गरेको लामाले बताए।
रोशी गाउँपालिकामा १२ वडा रहेका छन्।
प्रतिक्रिया दिनुहोस !
१