मेयरद्वारा कार्यभार ग्रहण : वैज्ञानिक कर लागू गर्ने पहिलो निर्णय, विपक्षीको सल्लाहसमेत लिने

मेयरद्वारा कार्यभार ग्रहण : वैज्ञानिक कर लागू गर्ने पहिलो निर्णय, विपक्षीको सल्लाहसमेत लिने

नुवाकोट- स्थानीय तह सदस्य निर्वाचन २०७९ वाट नुवाकोटको विदुर र वेलकोटगढी नगरपालिकामा निर्वाचित मेयरलगायतका जनप्रतिनिधिहरुले सोमवार सपथग्रहण गरेका छन्। सपथग्रहणलगत्तै मेयर, उपमेयर तथा अधिकांश वडाध्यक्षहरुले एकैदिन कार्यभार सुरु गरेका छन्। 

गत वैशाख ३० गते शुक्रवार सम्पन्न निर्वाचनमा विजयी भएका विदुरका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी तथा बेलकोटगढी नगरपालिकाका मेयर जगतवहादुर गुरुङ, उपमेयर शिव दाहाल एवं वडाध्यक्षहरुले सपथ लिएर पदभार ग्रहण गरेका हुन्। मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले पहिले दुवै नपाका मेयरहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन्। 

लगत्तै नपा कार्यालयले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा मेयरहरुले उपमेयर तथा वडाध्यक्ष तथा वडा सदस्यहरुलाई पद तथा गोपनियताको सपथग्रहण गराएका हुन् । विदुर र वेलकोटगढी दुवैमा १३/१३ वडा रहेका छन्। 

कांग्रेस माओवादी गठबनधन दलले विदुर र वेलकोटगढीमा संयुक्त रुपमा चुनाव लडेको थियो। दुवै नपामा निकटतम प्रतिद्वन्दीको रुपमा नेकपा एमाले रहेको छ। 

कार्यपालिका गठनका लागि विदुर नपामा गठवन्धनको भन्दा नेकपा एमालेको बहुमत सदस्य रहेको छ भने वेलकोटगढीमा एमाले निर्णायक भूमिकामा रहेको छ। दुई साताभित्रै कार्यपालिकाको सदस्यको निर्वाचन हुने जनाइएको छ। 

यसैबीच, नवनिर्वाचित विदुर नपाका मेयर राजन श्रेष्ठले नपा कार्यालय विदुरमा पदभार ग्रहण गर्दै करको दायरालाई वैज्ञानिक वनाउने निर्णय गरेका छन् । विपक्षीहरुको साथ र सल्लाहमा कार्य गर्ने वताएका मेयर श्रेष्ठले नपाको चालु आवको वजेट खर्च र राजश्वको अवस्था, विद्यमान संस्थागत प्रणालीलगायतका विषयलाई समेटी वस्तुस्थिति पत्र तयार गरी नपाले लिइरहेको कर दस्तुरका विषयमा पुनरावलोकन गरि वैज्ञानिक वनाइने पहिलो निर्णय गरेका छन्।   

मुद्धाका आरोपी वडाध्यक्ष

नुवाकोटमा वडाध्यक्षमा निर्वाचित एक जना व्यक्तिको विरुद्ध विशेष अदालतमा आर्थिक अनियमितता सम्वन्धि मुद्धा चलिरहेको रहस्य खुलेको छ । सदरमुकाम रहेको विदुर नपाको एक वडामा निर्वाचित वडाध्यक्षको रकम हिनामिना सम्वन्धि मुद्धा विशेष अदालतमा गत २०७६ साल भदौ २० गतेदेखि चलिरहेको विषयमा सोमवार विदुर नपा कार्यालयमा उजुरी दर्ता भएको छ । 

विदुर नपा ९ को वडाध्यक्षमा कांग्रेस माओवादी गठवन्धनका उम्मेदवार हरिराम भण्डारी मुद्धा चलिरहेकै अवस्थामा उम्मेदवारी दिएर माओवादी केन्द्रका तर्फवाट निर्वाचित भएको र सपथग्रहण रोक्न माग गर्दै सोही वडाका २० जना व्यक्तिहरुले नपा कार्यालयमा ५७५० नं. मा दर्ता  गरेको उजुरीमा उल्लेख रहेको छ । भण्डारीको विशेष अदालतमा मुद्धा नं. ०७६ सिआर ००६३ वाट विशेष अदालत काठमाडौमा रकम हिनामिना भ्रष्टाचारको मुद्धामा सरकारकै तर्फवाट अभियोग दायर भई यहि २०७९ वैशाख २० गते मुद्धा पेशीमा चढी कारवाहीसमेत चलिरहेको सोही वडाका शनि चित्रकार, विनयप्रसाद लामिछाने, राजकुमार तामाङ, जयराम रिजाल, धनवहादुर वोगटी, सीता वोगटी, धनमाया सुनार, सुरेन्द्र श्रेष्ठसहित २० जनाले मुद्धाको विवरणसहित विदुर नपा कार्यालयमा पेश गरेको उजुरीपत्रमा उल्लेख गरिएको छ । 

मुद्धा चलिरहेकै वेलामा वडाध्यक्षमा निर्वाचित भण्डारीको सपथग्रहण रोक्न माग गर्दै वडावासीले उजुरी दिएका हुन् । वडावासीले सपथग्रहण रोक्न माग गर्दै उजुरी दिएपनि भण्डारीले पद तथा गोपनियताको सपथग्रहण गरेका छन् । 

यस सम्वन्धमा विदुर नपाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद मरासिनीसंग वुझ्न जिज्ञासा राख्दा उनले कैलालीमा रेशम चौधरीले सांसदको सपथ लिन हुने, विदुरमा हरिराम भण्डारीले सपथग्रहण गर्न किन नहुने? भनेर प्रतिप्रश्न गरे । नेपाल सरकार वादी भई गत २०७६ साल भदौ २० गतेदेखि हरिराम भण्डारीसहित तीन जना विरुद्ध विशेष अदालतमा रकम हिनामिना सम्वन्धि मुद्धा चलिरहेको छ ।

८८ मध्ये दुई महिलामात्र वडाध्यक्ष, एक एमाले, एक माओवादी

स्थानीय तह सदस्य निर्वाचन २०७९ मा नुवाकोटमा दुई जना महिला वडाध्यक्षमा निर्वाचित भएका छन् । १२ स्थानीय तह रहेको नुवाकोटको ८८ वडामध्ये दुई वडामा वडाध्यक्षमा महिला उम्मेदवार निर्वाचित भएका छन् । 

दुई नगरपालिका र १० गाउँपालिकासहित १२ स्थानीय तह रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी निर्वाचित भएकी छन् । यसअघि २०७४ सालमा सोही वडाको वडासदस्यमा निर्वाचित उनले यस पटकको निर्वाचनमा वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरेकी हुन् । 

यस्तै, बेलकोटगढी नपाकै वडा नं ६ मा पुनःदोस्रो कार्यकालका लागि नेकपा (एमाले) वाट वडाध्यक्षकी उम्मेदवार अम्बिका तामाङ निर्वाचित भइन् । यसअघि ५ वर्ष अगाडिको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित तामाङले यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन् ।

रेस्लर वडा सदस्यमा विजयी 

स्थानीय तह सदस्य निर्वाचनमा नुवाकोटमा नेपालका चर्चित रेस्लर नुवाकोटे टाइगर उर्फ कमल तामाङ वियी भएका छन् । उनले शिवपुरी गाउँपालिका ६ मा उल्लेख्य मत ल्याई वडा सदस्यमा विजय प्राप्त गरेका छन् । 
तामाङले नेपाल कम्युनिष्ट पार्टी एमालेको तर्फबाट वडाध्यक्ष विष्णु श्रेष्ठको प्यानलबाट खुल्ला सदस्य पदमा उम्मेदवारी दिएका थिए । तामाङले नेपाली काँग्रेसका अभियान आचार्यलाई २ सय ४१ मतको मतान्तरले पारजित गरेका हुन् ।

यस्तै, वडाध्यक्ष पदमा श्रेष्ठले ७ सय ६१, महिला सदस्यमा भगवती बुढाथोकीले ७ सय ७०, दलित महिला सदस्यमा जानुका नेपालीले ७ सय ६० र खुल्ला सदस्यमा विशाल थापाले ७ सय ११ मत प्राप्त गरी विजयी भएका थिए । पद तथा गोपनियताको सपथग्रहण गर्दै उनले गाउँपालिकाको कार्यालय शेराबगरमा गाउंवासीको आदेश अनुसार शिवपुरीको विकासका लागि नियमित रुपमा क्रियाशील हुने प्रतिवद्धता जनाएका छन् ।

वडा भवन निर्माणपछि गाउँमै सुविधा

नुवाकोटको पुर्वी भेगमा रहेको शिवपुरी गाउँपालिका वडा नं. ७ को भवन निर्माण भएको छ । यससंगै गाउंवासीलाई सुविधा पुगेको वडा कार्यालयले जनाएको छ । 

साढे दुई तले ६ कोठे एक सभा हल रहेको भवनको निर्माणमा कुल ७२ लाख रुपैयाको लागतमा भवन निर्माण सम्पन्न भएको हो । यसवाट वडावासीलाई सम्पुर्ण सरकारी सेवा सुविधाका लागि सहज र सरलता भएको छ । 
वडा कार्यालय भवन निर्माणका लागि स्थानीय विष्णुप्रसाद पन्थले २ रोपनी र चक्रबहादुर पन्थले ८ आना क्षेत्रफलको जग्गा दिएका थिए । वडा कार्यालयले जग्गादाताहरुलाई सम्मान गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.