पाण्डेविरुद्ध कुन कसुरमा जाहेरी दिइएको थियो ?

पाण्डेविरुद्ध कुन कसुरमा जाहेरी दिइएको थियो ?

काठमाडौं : सौन्दर्य प्रतियोगिताको नाममा किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्ने आदेश दिएको छ। गत शनिबार स्वयम्भुबाट प्रक्राउ परेका पाण्डेलाई जिल्ला अदालत काठमाडौंले सोमबार अनुसन्धानका लागि ५ दिन थुनामा राख्न म्याद थप गरेको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडित युवतीले पाण्डेविरुद्ध सोमबार मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अनुसारको कसुरमा जाहेरी दिएकी हुन्। सोमबार नै जिल्ला अदालत काठमाडौंमा पीडित युवतीको बयान प्रमाणित गराएपछि जाहेरी दर्ता गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले बताए। 

कपिलवस्तुको वाणगंगा नगरपालिका–२ पिपरा घर भएका पाण्डेले सन् २०१४ मा मिस ग्लोबल इन्टरनेसनल प्रतियोगिता आयोजना गरेका थिए। प्रतियोगिता सकिएपछि आयोजित ‘सक्सेस पार्टी’ भन्दा अघि काठमाडौंको एभरेष्ट होटलमा आफूलाई बन्धक बनाएर पाण्डेले बलात्कार गरेको पीडित युवतीको आरोप छ।

पीडितले जिल्ला अदालतमा उपस्थित भएर घटनाबारे बयान दिइसकेकी छन्। बयान प्रमाणित भएसँगै सो मुद्दामा हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिन जिल्ला प्रहरी परिसर काठमाडौंले आरोपीलाई अदालत लगेको थियो। प्रवक्ता मैनालीका अनुसार मनोज पाण्डेले अन्य बालिकाहरूले पनि यौन हिंसा गरेको भन्दै प्रहरीको सम्पर्कमा आएका छन्। 

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन २०६४ को दफा ४, १ को ख र ४, २ को ख को कसुरमा निज उपर अनुसन्धान भइरहेको छ। अधिवक्ता भरत लकाइका अनुसार कसुर प्रमाणित भएमा १० वर्षसम्म कैद सजाय हुन सक्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.