चुनावमा खर्चिएको रकम सरकारले महंगी बढाएर जनतासँग असुल्दै : अध्यक्ष यादव

चुनावमा खर्चिएको रकम सरकारले महंगी बढाएर जनतासँग असुल्दै : अध्यक्ष यादव

महोत्तरी : चुनावमा खर्चिएको रकम सरकारले महंगी बढाएर जनतासँग असुली गर्दै आएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताए।

मंगलबार महोत्तरीको गौशालामा आयोजित नवनिर्वाचित जनप्रतिनिधि सम्मान एवं पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले चुनावको नाममा राज्यको ढृकुटी खालि भईसकेकोले अब सरकारले जनताबाट महंगीको नाममा रकम असुलेर सो पूर्ति गर्न लागेको आरोप लगाएका छन्।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष यादवले भने, ‘पछिल्लो समयमा निर्वाचनको क्रममा उम्मेदवारहरु पैसाको खोलो बगाएको छ। जसको कारण देशमा पैसाको अभाव सिर्जना भएको हो। त्यसमाथि सरकारले महंगीको नाममा सर्वसधारण जनतालाई थप पीडामा पार्दै आएका छन्।’

एक अर्को प्रसंगमा अध्यक्ष यादवले जनमैत्री विकासको गतिविधि बढाएर संघियतालाई थप मजबुत हुने किसिमको भूमिका प्रस्तुत गर्नका लागि आग्रह गरेका छन्। मुख्यतः शिक्षा, स्वास्थ्य, रोजगारीको अवसर सिर्जना गरेर देशमा समृद्धि ल्याउन सक्ने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता उपर जोड दिएका छन्।

देशमा बढ्दै गएको लुटतन्त्र र भ्रष्टचारजस्ता गतिविधिलाई रोक्न अख्यितार असफल भईसकेको समयमा जनलोकपाल गठन गर्नुको विकल्प नरहेको अध्यक्ष यादवले स्पष्ट पारेका छन्। उनले भने, ‘आफ्नो पार्टीले समृद्धि नेपाल निर्माणका लागि हरसम्भव प्रयासरत रहेको छ। समय समयमा आफूहरुले जनपक्षिय विकासमैत्री सुशासन स्थापना गर्नका लागि सरकारसँग माग गर्दै आएका छौं।’
 
नेपाली कांग्रेसका प्रदेश सदस्य रहेका नेता रामश्रृष्ठ महतो पार्टी परित्यागगरी जनता समाजवादी पार्टीमा प्रवेश गरेका हुन्। दुई सयको संख्यामा नेता कार्यकर्ता अन्य पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेको नगरअध्यक्ष कुमरकान्त झाले बताए।

कार्यक्रममा पूर्व स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र कुमार यादव, मधेश प्रदेशका पूर्वमन्त्री सरोजसिंह कुशवाहा लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.