बाघको आक्रमणमा परि एक महिलाको मृत्यु
गुलरिया : बाख्रा चराउन गएकी महिलाको पाटेबाघको आक्रमणमा परि मृत्यु भएको छ। बर्दियाको खाताजैविक मार्गमा अवस्थित जन जागृती सामुदायिक वन मधुवन २ मा बाख्रा चराउने क्रममा मधुवन कोठियागाउँ निवासी ४७ वर्षिया कौशिला पालको मृत्यु भएको हो।
४७ वर्षिया पालको बाख्रा चराउने क्रममा मंगलबार बेलुकी पाटेबाघको आक्रमणमा परि मृत्यु भएको डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले जानकारी दिए। घटनास्थलमा सुरक्षाकर्मीलगायत बनको टोली पुगेर मुचुल्का गरी शव पोष्टमार्टमको तयारी गरेको बताए।