मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु र युवा संघद्वारा रसुवामा प्रदर्शन

मूल्यवृद्धिको विरोधमा अनेरास्ववियु र युवा संघद्वारा रसुवामा प्रदर्शन

रसुवा : वर्तमान सरकारले पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको विरोधमा नेकपा एमाले निकट अनेरास्ववियु र राष्ट्रिय युवा संघले रसुवामा प्रदर्शन गरेको छ। पेट्रोलियम पदार्थ, खाद्यान्नलगायत अतिआवश्यक वस्तुमा मूल्यवृद्धि भएको विरोधमा प्रदर्शन गरेको हो।

 
जिल्ला सदरमुकाम धुन्चेमा भएको प्रदर्शनमा प्रदर्शनकारीले अति बढ्यो महंगी बाच्नलाई गाह्रो भो, पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
 
प्रदर्शनमा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सदस्य सञ्जन लामा, संघकै केन्द्रीय सदस्य दिपक लामा, रोसन तामाङ, एमालेको जिल्ला कमिटी सदस्य रामकुमार न्यौपानेलगायतको सहभागिता रहेको थियो।
 
नेपाल आयल निगमले गएको आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धन (आन्तिरिक) मा प्रतिलिटर १० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय रुपैयाँ बढाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.